माघ ९ नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाल बन्दको पुर्व सन्ध्यामा पश्चिम् नवलपरासीको सुनवल नगरपालिकामा मशाल जुलुस कार्यक्रम गरेको छ । नेकपाका केन्द्रिय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाको लगायत ४ नेता कार्यकर्ता गैरन्यायिक गिरफ्तारको बिरोध स्वरुप नवलपरासीमा मसाल जुलुस गरेको पार्टी निकट श्रोतले जानकारी दिएको छ । नेकपा नवलपरासीका नेता गम्भीरले उक्त कार्यक्रममा बोल्दै भोलिको बन्द सफल पार्न उद्योगी ,व्यापारी ,शिक्षक,विध्यार्थी,कर्मचारी ,नागरिक समाज,पत्रकार र आम जन समुदायलाई सहयोग गर्न अपिल गरेका थिए गम्भीरले पार्टी आस्थाकै आधारमा नेताकार्यकर्ता पक्राउ गर्नु सरकारले देशमा अस्थिरता वातावरण सिर्जना गरेको नेताकार्यकर्ता बिनासर्त यथाशीघ्र रिहाई गर्न आग्रह गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।