२०८० फागुन २ गते | बुधवार १४ फेब्रुअरी २०२४। माघ शुक्लपक्ष पञ्चमी तिथि। रेवती नक्षत्र, १६ः१६ बजेपछि अश्विनी। चन्द्रराशि मीन,१६ः१६ बजेपछि मेष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ। साँझतिर रमाइलाे भेटघाट हुनेछ। अरूको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ। साँझतिर आकस्मिक खर्च बढ्नाले सरसापट लिनुपर्ने हुन सक्छ। मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनाले धन सञ्चय हुनेछ। कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। समुदायको हितमा विशेष काम गर्न सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। र, साँझतिर नयाँ काम थालनी गर्न सकिनेछ। सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ। कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधन बिग्रनाले खर्च बढ्न सक्छ। निम्ताे आए पनि आतिथ्य खर्चिलाे रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। विवादास्पद काममा हात हाल्दा आलाेचित बन्नुपर्ला। साँझतिर स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ। तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ। साँझतिर बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आफन्तले पनि उत्साह जगाउनेछन्। वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। बुद्धिकाे उपयाेगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। विवाद तथा मुद्दाहरूमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफन्तकाे सहयोगले काम बनाउन सकिनेछ। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। साँझतिर काम बन्नुका साथै आर्थिक स्थितिमा सुधार आउनेछ। मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझतिर साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूकाे सहयाेगले काम बन्नेछ। कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। साँझतिर प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ। मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। साँझतिर पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।