पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढयो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ वृद्धि गरेको छ । सोमबार रातिबाट लागू हुने गरी मूल्य वृद्धि गरेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पछिल्लो डेढ महिनामा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य अचाक्ली बढेर आएकाले यसपटक थेग्नै नसकेर मूल्य बढाउनुपरेको बताए । ‘पछिल्लो डेढ महिनामा हामीले नेपाली बजारमा इन्धन मूल्य समायोजन गरेका छैनौँ । यो अवधिमा प्रतिलिटर पेट्रोलमा ७.६१ रुपैयाँ, डिजेलमा ६.३९ रुपैयाँ, मट्टीतेलमा ६.०४ रुपैयाँ, हवाई इन्धनमा ६.९० रुपैयाँ बढेर आइसकेको छ । खाना पकाउने एलपी ग्यासमा १९.०६ रुपैयाँ प्रतिसिलिन्डर बढेर आएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘यति ठूलो मूल्यवृद्धिलाई हामीले थेगेर उपभोक्तालाई मार पर्नबाट बचायौँ । यसपटक भने बाध्य भएर बढाएका छौँ ।’

मूल्य वृद्धिपछि भने इन्धन कारोबारमा आगामी १५ दिनमा ४९.८८ करोड रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot