रन्जीत शर्मा / नवलपरासी / ०५ माघ। पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकाका २० जना कृषकलाई पानी तान्ने मोटर तथा पाइप वितरण गरिएको छ । पाल्हिनन्दन गाउपालिका वडा न० ४ र ५ वडाका अति गरिब तथा विपन्न कृषकलाई इन्द्रेणी सामाजिक बिकास मंचको आयोजना तथा युनाइटेड मिसन नेपाल , अस्ट्रेलियन एड , ट्रन्सफर्म एडको सहयोग तथा पाल्हिनन्दन गाउपालिकाको सवन्यमा बितरण गरिएको छ । पाल्हिनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) गुप्ताको अध्यक्ष्ाता तथा इन्द्रेणी सामाजिक बिकास मंच व्यवस्थापन समितिका सदस्य चेतनरायण भण्डारी, कृषि शाखा प्रमुख , पत्रकार रन्जीत शर्मा , फिल्ड अधिकृत सपना श्रेष्ठ लगायतको अतिथिक्ता तथा समाजिक परिचालक सन्दीप बि०क०को सन्चालनमा २० जना गरिब पानी तान्ने मोटर तथा पाइप कृषक वितरण कार्यक्रम सम्पन्न भएको छ् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।