सहबान अन्सारी / नवलपरासी,२७ पुस नवलपरासीमा अवैध तस्करीमा संलग्न एक मोटरसाईकल सहित अन्दाजी २ लाख ३४ हजार ९ सय ५० मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न ठाउँहरुबाट प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार सरावल गाउँपालिका वडा नं. ७ बर्दघाटे पुल स्थित नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी १६ हजार मुल्य बराबरको ४ बोरामा २ सय के.जी. सेतो मटर प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उक्त सेतो मटर मोटर साईकलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस मोटरसाईकल सहित भागेका थिए । त्यसैगरी प्रतापपुर गाउँपालिका वडा नं.४ पचपेडाबाट मोटरसाईकल सहित अवैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी ४४ हजार मुल्य बराबरको २० बोरामा ५५० केजी हरियो मटर र भारतबाट अवैध रुपमा भन्सार छली यु पी ५७ ए ८२१० नं.को भारतिय मोटरसाईकलमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख २४ हजार ९ सय ५० मुल्य बराबरको सोफासेटको थानकपडा, लेडिज सुट, साडी लगायतका सामानहरु सिमा प्रहरी चौकी महेशपुरले नियत्रणमा लिएको हो । उक्त मोटरसाईकलको अन्दाजी मुल्य ५० हजार बराबर रहेको छ । नियन्त्रणमा लिएको मोटरसाईकल सहित सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।