प्रधानमन्त्रीको कदम देश र संघीय गणतन्त्रको व्यवस्थाकै लागि घातक : केन्द्रीय सदस्य कण्डेल

उमेश बि.क /नवलपरासी,२५ पुस

नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले प्रधानमन्त्रीको कदम देश र संघीय गणतन्त्रको व्यवस्थाकै लागि घातक भएको बताए। प्रधानमन्त्रीले चालेको असंबैधानिक कदम  बिरुद्ध कांग्रेसले सडक संघर्ष थालेको  कण्डेलले स्पष्ट पारे । प्रधानमन्त्रीले  संविधानको मर्म र भावना विपरित संसद विघटनको सिफारिस गर्नु र राष्ट्रपतिले पनि प्रधानमन्त्रीको असंवैधानिक कदमलाई साथ दिनु देशकै लागि विडम्बना भएको उनको भनाई छ।

प्रधानमन्त्री र राष्ट्रपतिको लहडले मुलुक बन्धक बनेको कण्डेलको आरोप छ। उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको लहडले मुलुक बन्धक बनेको छ। नेपाली काङ्ग्रेसको अगुवाइमा धेरै विकास निर्माणका कार्य भएको र हाल केपि अाेलि सरकारले देसमा ज्यादती गरेको छ । नेपालको संविधान जाेखिममा रहेको हुदा प्रत्येक जनता केपिकाे कुकार्य प्रती अवाज उठाउन जरुरी छ ।बाम पार्टी निजि स्वार्थमा देशलाई लुटिरहेका छन। केपि अाेलि र बिद्या भण्डारीले देशका जनतालाई दुखमा धकेलिएको कार्यप्रती अब नेपाली काङ्ग्रेस चुप लागेर बस्न नसक्ने भन्दै शनिबार भएको विराेध सभामा घाेर अापत्ति जनाउनु भएको हाे।

बर्तमान सरकारको अधिनायकवादी शैली तथा संविधान बिपरित प्रतिनिधि सभा बिघटनको बिरुद्धमा नेपाली काङ्ग्रेस केन्द्रिय निर्देशन अनुरुप नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र २ ख नवपरासी पश्चिमले आयोजना गरेको बिरोध र्याली सहित कोण सभामा केन्द्रीय सदस्य कण्डेलले उक्त कुरा गर्नुभएको थियो ।

नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र २ ख प्रदेश क्षेत्रीय सभापती दिनेशमणी पटेलको सभापतित्वमा भएको र्यालि तथा काेण सभा कार्यक्रममा प्रदेससभा सदस्य बैजनाथ जैसवाल ,जिसस प्रमुख शिवसंकर राय,रामग्राम उपप्रमुख रम्भा कुवर ,काङ्ग्रेस नेता राधेश्याम पाठक लगाएतले काेण सभालाई सम्बोधन गर्नुभएको थियाे ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ क का क्षेत्रीय सभापती अमृत सिंह जिसीको सभापतित्वमा विरोध कार्यक्रमा भुमही चोक देखी र्यालि गर्दै सहकारी चोक हुदै भुमही चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । 

कोणसभामा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापती  विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै ब्यबस्था नभएको असंबैधानिक बाटोबाट प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको थियो । संविधानको मर्म र भावनालाई कुल्चिदै ओलीले शाषकिय प्रबृति देखाएर गलत निर्णय गरेकोमा तत्काल संसद पुनस्र्थापना गर्नुको विकल्प नरहेको बताउनुभएको थियो ।

जिल्ला उपसभापती अर्जुन कुमार पोखरेलले  कम्युनिष्टहरुले झण्डै दुईतिहायी मत पाएर सरकार संचालन गर्ने अवसर पाए पनि आपसी किचलोको कारण सफल हुन नसकेको बताउनुभएको थियो । पोखरेलले जनताले ५ बर्षका लागि आफ्नो अमुल्य मत प्रदान गरे पनि संसद विघटन गरेर जनमतको अवमुल्यन भएको समेत बताउनुभएको थियो ।

विरोध सभामा बोदै नेपाली कांग्रेस महासमिति सदस्य भिम बहादुर थापा भरतले नेकपा भित्रको आपसी कलह र झगडाको कारण संविधान माथी प्रहार गर्ने र सिंहदरबारमा आगो लगाउने अधिकार कसैलाई नभएको बताउनुभएको थियो । संविधानमा प्रहार हुँदा नेपाली कांग्रेसले सहेर नबस्ने समेत थापाले चेतावनी दिनुभएको थियो । विरोध सभामा कांग्रेस महासमिति सदस्य राधेश्याम चौधरीले पनि सम्बोधन गर्नुभएको थियो । 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot