कृष्णनगरमा नेकपा दहाल/ नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कृष्णनगर, पुस २५
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २
कृष्णनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कृष्णनगर नगरकमिटीको आयोजना नेकपा कृष्णनगर नगर कमीटी अध्यक्ष जावेद आलम खां को अध्यक्षता ,नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेको प्रमुख आतिथ्य रह्यो भने विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडे, प्रदेश कमिटी सदस्य बालकराम बुढा, लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी र अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा महाराजगंज नगर कमीटी अध्यक्ष विजय जयसवाल लगायत अन्य रहनु भयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपाने ले प्रधानमंत्री लाई आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सारा शक्ति सडकमा रहेको र यो जनताको आन्दोलन हो भन्ने कुरा बताउदै सरकारले आफ्नो गल्ती सुधारेनन भने अझ ससक्त आन्दोलन हुने बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले आलोपालो प्रधानमंत्री बन्ने कुरा सहमती भएको, ११ पटक मंत्री मण्डल विस्तार गर्दा समेत पार्टीमा समेत छलफल नै नगरी विस्तार गरिएको, राणा शासन भन्दा पनि यो सासन निरंकुश रहेको बताउदै पार्टीको विधान लाई समेत ख्याल नगरेको आरोप लगाउनुभयो ।

लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपखलीले कार्यक्रममा आएका समपूर्ण लाई स्वागत गर्दे आफ्नो मन्तव्य राख्ने क्रममा भनेकी हाम्रो पार्टी लाई धोखा दिने काम धेरै पटक भयो
राजतंत्र हटाएर आफूहरु नै गणतंत्र स्थापना गरेको , देशको हालत जब जब खराब हुनेछ हामी निरन्तर खबरदारी गर्ने छौं, घर चलाउन नसक्ने ले घरमा आगो लगाउनु ठीक नहुने, हाम्रो ताकत र शक्ति प्रदशॅन ले प्रधानमंत्री ओली घबराइ सकेका छन्, मुलुकमा संकटकाल लगाउने कुरा हस्यासपद रहेको, केन्द्रीय सदस्यको गरिमा नै खत्म हुने गरि हवा तालमा केन्द्रीय सदस्य बनाउनु प्रधानमंत्रीको कदम अनुचित रहेको बताए।

कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश कमिटि सदस्य अब्दुल रौफ, नेकपा शिवराज नगर कमिटिका अध्यक्ष दिनेश पुन , नेकपा विजयनगरका इन्चार्ज अर्जुन सापकोटा ,नेकपा शिवराज नगर कमिटी सचिवालय सदस्य चिन्ता परियार वार्ड कमिटी सबै टोल कमिटीका सम्पूर्ण पदाधिकारी तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, तोफेल खान, कैफ खान , वसीम खांन लगायत सदस्यहरु तथा पार्टी संगठित सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन भने चिन्ता परियारले गर्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot