वीरगंजको तराई अस्पतालमा डाक्टरको चरम लापरवाहीले एक जनाको मृत्यु

पर्सा / १७ पुष ।

वीरगंजको तराई अस्पतालमा डाक्टरको चरम लापरवाहीले एक जनाको मृत्यु भएको छ । ग्यासले पिडित भएर अस्पताल चेकजाच गराउन पुगेका अजय सरार्फको आज बिहान मृत्यु भएको हो ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ४० बर्षिय अजय सरार्फ बिहानको समयमा एक्कासी ग्यासले पिडित भई उपचार गराउन तराई अस्पताल पुगेका थिए । ग्यासको पिडा सहन नसकेर आफ्नै ना २० प ९७८१ नम्बरको मोटरसाइकल चलाएर अस्पताल पुगेपनि डाक्टरले दिएको इन्जेक्सनका कारण एक घण्टा नबिति दै मृत्यु भएको हो । आज बिहान करिब साढे ४ बजे पुगेका अजय सरार्फको करिब साढे ५ बजेको समयमा मृत्यु भएको मृतकको आफ्न्तले जनाएका छन । मृतकका छोरा उतम सरार्फका अनुसार आज बिहान ग्यासको कारण पिडा भएपछि आफै मोटरसाइकल चलाएर आउनु भएको र साढे ५ बजेको समयमा मृत्यु भएको बताएका छन ।

मृतक अजय सरार्फका आफ्न्त अरबिन्द कुमार सरार्फले तराई अस्पतालको कम्पाउन्डरले इन्जेक्सन दिएको कारण मृत्यु भएको आरोप लगाउनु भयो । ग्यासको औषधी चलाउनु पर्ने ठाउमा अर्कै औषधि दिएको कारण अजय सरार्फको मृत्यु भएको ठोकुवा गर्नुभयो । उहाले आज बिहान करिब साढे ४ बजेको समयमा भर्ना हुदा अकास्मिक कक्षमा खटिएका कम्पाउन्डरले आफ्नो मनोमानी पाराले औषधि चलाएको बताउनु भयो । बढी मात्रामा औषधि चलाउदा ब्लड प्रेसर हाई भई मृत्यु भएको बताउनु भयो ।

यता तराई अस्पतालका डा. सुजित कुमार साहका अनुसार चेकजाच आफै गरेको र इन्जेक्सन पनि आफैले दिएको बताउनु भयो । डा. साहले बिहान करिब साढे ४ बजेको समयमा उपचार गराउन आएका अजय सरार्फलाई औषधि दिए पश्चात अचानक उहाको ब्लड प्रेसर बढेको स्विकार्नु भयो । ब्लड प्रेसर बढेर उहाको ब्रेन हयामरेज भएको डा. सुजित साहले जानकारी दिनुभयो ।

तराई अस्पतालमा डाक्टरको लापरवाहीले अजय सरार्फको मृत्यु हुनासाथ शान्ति सुरक्षाको निम्ति प्रहरी परिचालन समेत भएको थियो । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिपक साहले यस बिषयमा छानबिन गरिरहेको बताउनु भयो । उहाले मृतक अजय सरार्फको अवस्था बिग्रिएपछि अस्पतालमा ल्याइएको र चेकजाचको क्रममा मृत्यु भएको बताउनु भयो । उहा चेकजाच कम्पाउडर नगरी डाक्टरले नै गरेको र बिस्तुत बिवरण प्रशासन शाखामा खोधपुछ गरिरहेको बताउनु भयो ।

तराई अस्पतालमा उपचारको निम्ति आएका अजय सरार्फको मृत्यु डाक्टरको लापरवाहीले नै भएको आफ्न्तहरुको अडान रहेको छ । उनका आफ्न्तले पोष्टमार्टम रिपोर्टपछि आफुहरु अस्पताल र डाक्टर माथि मुद्धा दिने बताएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot