Rashtriya Dainik

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ६ द्वारा सरकार समक्ष चार सुत्रीय समस्या समाधान गर्न ध्यानाकर्षण पत्र

अारपि उपाध्याय / नवलपरासी ,१३ जेठ

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न.६ वडा कार्य समितिले वडा सरकार समक्ष चार सुत्रीय समस्या समाधान गर्न ध्यानाकर्षण पत्र वडा कार्यालय त्रिवेणीमा बुझाएको छ।

नेपाली काङ्ग्रेस वडा न.६ वडा कार्य समितिद्वारा प्रस्तुत माग सहितको ध्यानाकर्षण पत्रमा विगतका वडा सरकारद्वारा गरिएको अधुरो कालो पत्रे सडक पूरा गर्नुपर्ने, पिसिसी सडक निर्माण तथा अधुरो ग्राइबल सडकलाई तत्काल पूरा गर्नुपर्ने र पहाडी खोलानालाहरुले वर्षेनी डुबान कटान गर्ने गरेकोमा त्यसको स्थायी रूपमा समस्या समाधान गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।

वडा कार्य समितिका सभापति वीर बहादुर ठकुरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्रमा वडा न.६ अन्तर्गत निर्माण समिती गठन गर्दा सर्वदलीय भेला गराइ समिती गठन गर्नुपर्ने र त्रिवेणी बजारमा रहेको बस पार्कको जमिन अतिक्रमण हुँदै साघुरो हुँदै गएकोले सो को व्यवस्थापन गर्ने तथा बस पार्कलाइ सफाइ गरिनुका साथै शिवालय घाट फोहोर र दुर्घन्धित बन्दै गएको र त्यसको पुर्ण सफाइ गर्नुपर्ने माग पत्र सहित ध्यानाकर्षण पत्र बुझाइएको वडा कार्य समितिका उप सभापति अचल कुमार जोशीले जानकारी दिनुभएको छ।

नेपाली काङ्ग्रेस वडा न.६ कार्य समितिद्वारा माग सहितको ध्यानाकर्षण पत्रको सुनवाइ नभएमा थप आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित