अारपि उपाध्याय / नवलपरासी , १२ जेठ
नेपालकै प्रमुख धार्मिक धरोहर मध्ये एक मानिने चितवनको बाल्मिकी आश्रममा लवकुश बगैंचा निर्माण गरिएको छ।
धार्मिक कथन अनुसार त्रेता युगमा भगवान रामद्वारा परित्याग गरिएकी जगत जननी सीता माताको धर्ती प्रवेश र भगवान राम पुत्र लवकुशको जन्मस्थलको रूपमा परिचित आश्रममा भेटिएको पुरातात्त्विक सामाग्रीबाट पनि लवकुशको जन्मथलोको रुपमा भरपर्दो प्रमाण फेला परेको हो।
वाल्मीकि ऋषिको तपोभुमी,लवकुशको पाठशाला, घोडा बाधिएको किला , सिताद्वारा प्रयोग गरिएको कुवा, सिलौटा र सिताजीको धर्ती प्रवेश स्थल भेटिनुलाई बलियो आधार मानिएको विश्व सनातन धर्म स्थापनार्थ मुल समिती काठमाडौंका अध्यक्ष दिपक जङ्ग रायमाझीले जानकारी दिनुभएको छ।
आश्रमको सुन्दरता बढाउन र धार्मिक जागरण प्रचारको उद्देश्यले मुल समितिबाट सीता माता मन्दिर पछाडी लवकुश बगैंचा निर्माण गरि विभिन्न सय किसिमका फलफुलका बिरुवा लगाइएको मुल समितिका सदस्य सरोज नामितले बताउनु भयो। उहाँले बगैंचा निर्माण कार्यमा करिब ५ लाखको लागत लागेको बताउनु भएको छ।
बाल्मिकी आश्रममा रहेको सितामाता मन्दिर र बाल्मिकी ऋषिको अखण्ड धुनी स्थल मै निर्माण गरिएको मन्दिरलाई रंगरोगन गरि आकर्षक बनाइएको पनि नामितले जानकारी दिनुभयो।
आश्रमको पछिल्लो अवस्था र आश्रम परिसर मै रहेको सुरक्षा युनिटको पनि निरीक्षण गर्न पुगेका चितवनका जिल्ला प्रमुख अधिकारी सुरेन्द्र पौडेलले आश्रमलाई पहिचान सहितको विकास गर्न सकिए हजारौं धार्मिक पर्यटक आश्रममा आउन सक्ने धारणा राख्नु भयो। प्र.जि.अ. पौडेलले आश्रम आवतजावत गर्न त्रिवेणीमा बनेको झोलुङ्गे पुल सुचारू गर्न वन संरक्षण कार्यमा बाधा नपुग्ने गरि थप प्रक्रिया पूरा गरि पुल सञ्चालन कार्य अगाडी बढाउन पहल गर्ने बताउनु भयो।
बाल्मिकी आश्रममा रहेको प्रहरी चौकी हाल सम्म पनि राष्ट्रिय निकुञ्ज कै वन युनिट मै बस्ने बाध्यता रहेकोले अब छुट्टै प्रहरी चौकीको निर्माण गर्न प्र.जि.अ. पौडेललाई ध्यानाकर्षण गरिएको थियो।
सिटामोल र जिवनजल पनि पाउन नसकिने आश्रम वरिपरि बसोबास गर्ने सुकुम्बासी परिवारको पीडा चिन्ताजनक रहेकै पाइन्छ।
बाल्मिकी आश्रमको समस्या समाधान गर्ने तर्फ माणी नगरपालिकाको ध्यान नपुगेको पनि स्थानियले गुनासो गर्दै आइरहेका छन।
झोलुङ्गे पुलको निर्माण पछि बाटोको अभावमा कष्टकर यात्रा गरि आश्रम पुग्ने समस्याले कहिले सम्म मुक्ति पाउने हो पर्खाइको विषय बनेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

