राजन कुमार बानिया / पर्सा ,१२ जेठ
पर्साकाे कालिकामाई गाउँपालिका वडा नं १ फुलवरिया मुडली नहर बाटोबाट लागू अौषध चरेस समेत एक जना तस्करलाई पक्राउ गरेको छ।
पक्राउ परेका तस्कर कालिकामाई गाउँपालिका वडा नं १ बस्ने २१ वर्षिय अनिल पासवान रहेको छ।
पक्राउ परेका पासवानले फुलवरिया गाउँबाट भारतिय नम्बरको बिअार २२ एट ८४९८ नम्बरको पलाटिना मोटरसाइकलमा मुडली गाउँ तर्फ जाँदै गरेको अवस्थामा गुप्त सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया र आसवारीको सयुक्त टोलीले प्रहरी निरिक्षक मोहन बिक्रम केसीको कमान्डमा रहेको प्रहरी टोलीले चेक जाँच गर्दा अवैध लागुऔषध चरेश अाधि अाधि किलो ग्रामका बीस वटा पैकेटमा रहेको चरेस १० किलो सहित तस्करलाई प्रहरीले पक्राउ गरेको छ।
मोटरसाइकलमा चरेस सहित पक्राउ परेका तस्करलाई ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको छ।
उक्त सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एव डिएसपी दिपक गिरीले जनाएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

