१४ पुस / बाँके । बाँकेको कोहलपुरमा “कोहलपुर ओपन क्रिकेट प्रतियोगिता” हुने भएको छ । शारदा एजुकेसन पार्कको आयोजनामा यही पुस २० गते देखि २८ गतेसम्म उक्त प्रतियोगिता हुने भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको अधिकारिक घोषणा गरेको हो । प्रतियोगिताका खेलहरु कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लुम्बिनी प्रदेश लगायत देशका विभिन्न स्थानका १६ टोलीहरु नकआउट प्रतियोगितामा भाग लिने प्रतियोगिताका संयोजक विनायक गिरिले सम्मेलनमा जानकारी दिए । कोहलपुर सहरलाई पनि खेल मार्फत अघि बढाउदै ‘कोहलपुर क्रिकेट टुर्नामेन्ट’लाई प्रदेशकै उत्कृस्ट प्रतियोगिता बनाउने उद्देश्यका साथ आयोजना गरिएको आयोजकले जनाएको हो । उक्त प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी, उत्कृस्ट ब्याट्सम्यान र उत्कृस्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको हो । प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमीले गर्ने छ। बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयरले प्रायोजन गर्ने प्रतियोगितामा देशभरका बिभिन्न शहरका टिमहरु सहभागी हुनेछन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।