Rashtriya Dainik

रामग्राम सांस्कृतिक मेलामा दर्शकको उल्लेखनीय सहभागीता

उमेश बि.क / नवलपरासी , १२ जेठ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर २ परासी हाटबाजरमा सन्चालित प्रथम रामग्राम साँस्कृतिक मेलामा दर्शकको चाप बढ्दै गएको छ ।

जेठ ९ गतेदेखि सुरू भएको मेलामा बिहीबार दर्शकको संख्या निकै उत्साहजनक रहेको मेला ब्यवस्थापक राजविर जैसवालले जानकारी दिनुभएको हाे ।

बिहीबार मात्रै मेलाको अवलोकन गर्नका लागि ५ हजार भन्दा बढी दर्शकको सहभागिता रहेको जैसवालले जानकारी दिनुभएको हाे ।

बिहीबार माेडल तथा डान्सर प्रिति पासवान ,माेडल एवं डान्सर रेबिका अधिकारी लगायतका कलाकारले आफ्नो प्रस्तुति राखेका थिए ।

रामग्राम नगरपालिका वडा नम्बर २ कार्यालयकाे अायाेजना तथा जय माता दि एम्युजमेसन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि बुटवलकाे ब्यवस्थापनमा उक्त मेला जेठ ९ गते मंगलबार उद्घाटन भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित