१३ पुस / काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले आइतबार जिल्ला काठमाण्डौँ चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगाबाट औषधिजन्य लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका वडा नं. १ का २२ बर्षिय गोबिन्द प्रसाद यादब र भारत बिहार मोतिहारी जिल्ला झरौखन थाना वडा नं. ३ का २३ बर्षिय साहेबलाल यादब रहेका छन् । रौतहटबाट काठमाण्डौँ आउँदै गरेको ना ६ ख ३१८१ नम्बरको यात्रु बाहक बस चेक जाँच गर्ने क्रममा उक्त बसमा आएका गोबिन्द प्रसाद यादव र साहेबलाल यादव बसेको सिट मुनि लुकाई छिपाई राखेको तीन वटा झोला चेक जाँच गर्ने क्रममा उक्त तीन वटा झोलाभित्र औषधीजन्य लागु औषध Diazepam लेखिएको १२ सय एम्पुल, Phenergan लेखिएको १२ सय एम्पुल र Noophine लेखिएको १२ सय एम्पुल गरी जम्मा ३ हजार ६ सय एम्पुल नियन्त्रित लागुऔषध फेला परेको हो । उनीहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।