१३ पुस, बाँके । घुस लिनु र दिनु दुवै गैरकानुनी र भ्रष्टाचार हो । तर मालपोत कार्यालय नेपालगन्जका एक कर्मचारीले घुस खाएको खुलेको छ । मालपोत कार्यालय नेपालगन्जमा कार्यरत कर्मचारी नायब सुब्बा लोक बहादुर खत्रीले कार्यालय मै रङ्गेहात घुस खाएको श्रोतले दावी गरेको हो । उनले घुस खादै गरेका भिडियो गोप्य श्रोतका आधारमा राष्ट्रिय दैनिकले प्राप्त गरेको हो । फाईल दिने बहानामा प्रहरी लगायत पत्रकारलाई झुक्याउदै कहिले फाईल संगै कहिले फाईलको तलबाट पैसा दिने चलन रहेको र कर्मचारीले लुकाएर गोजीमा राख्ने गरेको श्रोतले जनाएको हो । कार्यरत कर्मचारी खत्रीले सेवाग्राही संग पैसा लिएको र आफ्नो खल्तीमा राख्दै गरेको भिडियोमा स्पष्ट संग देख्न सकिन्छ । प्रहरीको सहायताले घुस खाएका कर्मचारी को हुन, पद, सम्पर्क, ठेगाना लगायतका जानकारी प्राप्त गरिएको हो । मालपोतमा सेवा लिनअएका सेवाग्राहीहरु मध्ये एक जना वृद्धले भने,”हामी मालपोत बुझाउन जिल्लाको टाढाबाट आएको भए पनि घण्टाै सम्म लाईनमा उभिनु परेको छ । लाईन नै सर्दैन केही व्यक्ति लाईनमा नलागेरै सिधा झ्याल नजिक गएर फाईल बुझाइ दिन्छन् । हामी गरिब छाै खेती पाती गरेर सरकारलाई राजश्व तिर्न धौ धौ हुन्छ घुस कसरी दिने ?” उनले थपे हामी सरकारलाई राजश्व बुझाउछाै । दिनमा लाखौं राजश्व संकलन हुन्छ । तर कार्यालयले हामी सेवाग्राहीहरुका लागी सार्वजनिक शौचालयमा साबुनको व्यवस्था गरिएको पाइन्न । शौचालय फोहोर छन । जसका कारण सेवाग्राहीले दु:ख खेप्नु परेको अवस्था छ । यस अघि पनि मालपोतका केही अनैतिक कार्य प्रती राष्ट्रिय दैनिक नजर राख्दै आएको छ । स्थापनाकाल देखी नै राष्ट्रिय दैनिक अनलाइनले कार्यालय लगायत अन्य समाजमा घटित अनैतिक कार्यहरूको भन्डाफोर गर्दै आएको छ । जिल्लामा घटिरहेका अपराधिक गतिविधिहरु लगायत भ्रस्टाचार विरुद्ध राष्ट्रिय दैनिकले खुलासा गर्दै आएको भए पनि प्रशासनले विभिन्न बहानामा नजरअन्दाज गर्दै आएको बुझिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।