Rashtriya Dainik

अवैध रुपमा भन्सार छली ल्याएको ठूलो परिमाणको लुगा कपडा बरामद

नवलपरासी / २ जेठ

पश्चिम नवलपरासी ई.प्र.का.बर्दघाटले पुर्व पश्चिम राजमार्ग स्थित त्रिवेणी चोकमा अवैध रुपमा भन्सार छली ल्याएको ठूलो परिमाणको लुगा कपडा बरामद गरेको छ।

अवैध रुपमा भन्सार छली लुकाइछिपाइ ल्याएको लुगा कपडा बरामद गरेको सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।
ई.प्र.का. बर्दघाटका निरीक्षक विरेन्द्र के.सी.को कमाण्डमा गएको प्रहरी टोलिले ११ लाख २४ हजार मूल्य बराबरको कपडा बरामद गरेको हो। प्रहरीले टि-सर्ट ६२७ पिस, स्यान्डो ४९९ पिस, कुर्ती ७३४ पिस, जेन्स कुर्ता पैजमा ६० पिस बरामद गरेकोहो ।

अबैध रुपमा भन्सार छलीएका सामानलाई आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयलाई बुझाइएको जानकारीमा आएको छ।

ईलाका प्रहरी कार्यालय बर्दघाट पश्चिम नवलपरासीले २०७९ अषाढ ०९ गतेदेखि बैशाख मसान्तसम्मको अवधिमा ३ करोड ११ लाख ६४ हजार ८ सय ३४ रुपैयाँ मूल्य बराबरको भन्सार छली गरी अवैध रुपमा ओसारपसार भएका वस्तुहरु, नदीजन्य पदार्थ, वन पैदावर, खसी बोका चौपाया समेत वरामद गरि आवश्यक कारवाहीको लागि सम्वन्धित कार्यालयमा पठाईएको वताएको छ ।

प्रहरीका अनुसार २०७९ अषाढ ९ गतेदेखि बैशाख मसान्तसम्म चिनी, मल,लत्ताकपडा,मोवाईल,खाद्दान्न, गाडीका स्पेयर्स पार्टस, हार्डवयर समेतबाट रु २ करोड ४० लाख १७ हजार २८९ र नदिजन्य सामाग्रीबाट ६ लाख २७ हजार पाँच सय , अवैध काठजन्य सामाग्रीबाट रु १४ लाख ९६ हजार ७ सय ५५ रुपैया र मासु जन्य खसी बोका तथा कुखुरा, माछाबाट रु ५० लाख २३ हजार ३ सय मुल्य बराबरको वस्तुहरु बरामद भएको जानकारी गराइएको छ।

यसै गरि समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लागु औषध, साइवर अपराध, आत्महत्या न्युनिकरण, लैगिक हिंसा, ट्राफिक सचेतना लगायतका ६४ वटा जनचेतनामूलक कार्यक्रम सन्चालन भएको जानकारी दिदै यसै अबधिमा अदालतबाट सजाय तोकि फरार भएका ५९ जना प्रतिवादी पक्राउ गरि १६ बर्ष ९ महिना ५६ दिन कैद भुक्तानको लागि जिल्ला कारागार नवलपरासी चलान भएको प्रहरीले बताएको छ ।

त्यसैगरी गत मंसिर ६ गते बर्दधाट स्थित नगरपालिका टोलमा घटित धारिलो हतियार खुकुरी प्रहार गरी बीभत्स तरिकाले कर्तब्य गरि फरार भएका प्रतिवादीलाई घटनाको २४ घण्टा नबित्दै पक्राउ गरेको इ.प्र.का. बर्दघाटको टिमले उक्त प्रतिवादी आवश्यक अनुसन्धान पश्चात पुर्पक्षको लागि कारागार चलान भएको समेत प्रहरीले जानकारी गराएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित