Rashtriya Dainik

जेठ ९ देखि परासीमा प्रथम रामग्राम सांस्कृतिक मेला हुने

उमेश बि.क / नवलपरासी , २ जेठ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर २ परासीमा यही जेठ ९ गतेदेखि ‘प्रथम रामग्राम सांस्कृतिक मेला २०८०’ आयोजना हुनेभएको छ।

रामग्राम नगरपालिका वडा नम्बर २ कार्यालयकाे अायाेजना तथा जय माता दि एम्युजमेसन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि बुटवलकाे ब्यवस्थापनमा मेला सन्चालन हुने छ।

मेलामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारको सहभागिता रहने जय माता दि एम्युजमेसन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. का सन्चालक राजबिर जैसवालले राष्ट्रिय दैनिकलाई जानकारी दिए ।

रामग्राम २ परासी हाटबजार स्थलमा जेठ ९ गतेदेखि २० गतेसम्म आयोजना हुने मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुरेण्ट गरी ५० बढी प्रदर्शनीकक्ष रहने मेला ब्यवस्थापक जैसवालले जानकारी दिए ।

कार्यक्रममा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका ज्योति मगर, हेमन्त शर्मा, दुर्गेश थापा, रमेश भट्टराई ,प्रमाेद खरेल , साेम्या पाेख्रेल, प्रिती पासवान , श्रीनिवास थारु लगायतले पनि प्रस्तुति दिने जैसवालले जानकारी दिए। यस्तै भारतका कलाकार रितेश पाण्डे, राजा भाेजपुरीया , शिल्पीराज , धिरेन्द्र धासु (खेसारी २ ) लगायत पनि मेलामा आउने जैसवालले बताए।

जैसवालका अनुसार मेलालाई थप प्रभावकारी बनाउन दर्शक अनुसारको कलाकार ल्याउने जानकारी दिए। कार्यक्रमको प्रवेश शुल्क विद्यार्थीका लागि र अन्यका लागि फरक तोकिएको छ ।

लामो समयदेखि मेला महाेत्सव परासीमा नभएको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिले यस क्षेत्रमा मनोरञ्जन दिने उद्देश्य पनि रहेको जैसवालले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित