अारपि उपाध्याय / नवलपरासी ,१ जेठ
पुर्वी नवलपरासी अन्तर्गत रहेको नारायणी गण्डकी साधारण तथा सस्कृत मा.वि. त्रिबेणीमा परीक्षा बोर्डद्धारा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षालाई जिल्ला प्रशासन कार्यालयद्धारा निरीक्षण गरिएको छ ।
पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले सोमबार परिक्षा कोठामै पुगी परिक्षाको अवस्थाबारे निरिक्षण गर्नुभएको परिक्षा केन्द्र प्रमुख दिनेश कुमार पाण्डेले जानकारी दिनुभएको छ ।
प्र.जि.अ.लम्सालले शिक्षालाई नतिजा मुखी बनाउन सामुदायिक विद्यालयले खेलेको भुमिका प्रशंसनिय रहेको बताउदै उहाँले राज्यले दिएको जिम्मेवारीलाई सबैले ईमान्दारीपुर्वक पालना गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी लम्सालले आजै ईलाका प्रहरी कार्यालय त्रिबेणीको पनि निरीक्षण गर्नुभएको छ ।
सो अवसरमा इलाका प्रहरीको नव निर्मित भवनको निरीक्षण गर्दै प्रमुख जिल्ला अधिकारी लम्सालले बदलिदो परिस्थितीमा राज्यले दिएको जिम्मेवारीलाई सबै सुरक्षाकर्मीहरुले इमान्दारी पुर्वक पालना गर्न निर्देशन दिनुभयो ।
गण्डकी प्रदेशको एक मात्र भारत संग जोडीएको गण्डक ब्यारेज नाका र आसपासका ईलाकामा हुन सक्ने सुरक्षा चुनौतीको सामना गर्न प्रहरी जनशक्ती दिनरात एक भएर लाग्नुपर्ने बताउदै ईलाका प्रहरी कार्यालय त्रिबेणीमा दरबन्दी अनुसार जनशक्ती नभए त्यसलाई पदपुर्ती गर्न जिल्ला सुरक्षा समिति मार्फत आवश्यक प्रकृया अगाडी बढाउन आफु प्रयत्नशिल रहने बताउनुभयो ।

सिमा सुरक्षा, अबैध कृयाकलाप नियन्त्रण तथा नागरिकको जिवधनको रक्षाका लागी सुरक्षा निकाय अझ बढी कृयाशिल रहन पनि लम्सालले निर्देशन दिनुभयो । सो अवसरमा ईलाका प्रहरी कार्यालय त्रिबेणीका वरिष्ठ सव ईन्स्पेक्टर प्रेम विष्टले त्रिबेणी र आसपासका क्षेत्रमा भएको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

