Rashtriya Dainik

पुर्वी नवलपरासीले सप्ताहाव्यापी ट्राफिक कार्यक्रम सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , १ जेठ

ईलाका प्रहरी कार्यालय त्रिवेणी पुर्वी नवलपरासीले सप्ताहाव्यापी ट्राफिक कार्यक्रमलाई एक अन्तर्कृया कार्यक्रमको आयोजना गरि समापन गरेको छ।
ईलाका प्रहरी कार्यालय त्रिवेणीका वरिष्ठ सब इन्स्पेक्टर प्रेम बहादुर बिष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई आम नागरिकले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। वडा अध्यक्ष शाहले जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको सप्ताहाव्यापी ट्राफिक कार्यक्रम २०८० सफल भएको पनि जिकिर गर्नुभयो।
“ट्राफिक नियमको पालना गरौं सवारी दुर्घटना हुनबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔं” भन्ने मुल नाराका साथ आयोजना गरिएको ट्राफिक सप्ताह कार्यक्रममा सचेतनामूलक, विद्यालय केन्द्रित र सडक केन्द्रित कार्यक्रमका साथ बैशाख २५ गतेदेखि प्रारम्भ गरि ३१ गते सम्म कार्यक्रम मनाइएको जानकारी गराइएको थियो।
अन्तर्कृया कार्यक्रममा होटल व्यवसायी भोज बहादुर थापा, टेम्पो व्यवसायी लक्ष्मण थापा र बनवारी सिंह लगायतले सडक दुर्घट्ना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो।
अन्तर्कृया कार्यक्रममा प्रहरीद्वारा गरिने कुनैपनी कार्यमा राजनीतिक हस्तक्षेप नभए अपराध र अपराधी छिटोभन्दा छिटो कानुनको दायरामा आउने समेत बताइएको थियो।
पुर्वी नवलपरासीको विनयी त्रिवेणी ६ र ७ सिमावर्ती क्षेत्र भएकोले भारतिय नम्बर प्लेटका सवारीसाधन प्रक्रिया नपुर्याइ सञ्चालन हुँदै आएकोमा त्यस्ता कार्यले भविष्यमा सुरक्षा चुनौती थपिने बारे पनि प्रहरीलाई सचेत गराइएको एक सहभागीले बताएका छन।
करिब ५० को सङ्ख्यामा उपस्थित सरोकारवाला निकायको सहभागितामा संचालित अन्तर्कृया कार्यक्रमलाई ट्राफिक हवल्दार तारा प्रसाद चौधरीले सञ्चालन गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित