राष्ट्रिय दैनिक /नवलपरासी
पश्चिम नवलपरासीमा प्रशासनकै मिलेमतोमा खुलेआम तस्करी मौलाएको छ । नवलपरासीका सशस्त्र प्रहरी बल नेपाल हरपुरका प्रमुख नायब उपरीक्षक Dsp सुमन लामिछानेको मिलेमतोमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट अबैध तस्करी ओसारपोसार हुने गरेको हो ।
नवलपरासीको पाचपेडा ,हरषपुरा , भुजहवा , मुडेरामा गहुँ र बालुवा तस्करी बढदै गएको छ । प्रतापपुर गाउँपालिका वडा नम्बर ४ पाचपेडा र सरावल गाउँपालिका वडा न.७ भुजहवा र पाल्ही नन्दन गाउँ पालिका वडा न.२ मुडेराबाट अबैध रुपमा भारतबाट नेपालमा गँहु र नेपालबाट भारतमा बालुवा तस्करी भइ रहेको स्थानीयहरूले बताएका छन ।
नवलपरासीको सीमा नाकाबाट बिभिन्न किसिमको समानहरू ओसारपसार सशस्त्र प्रहरी कै मिलोमतोमा भइरहेको पाइएको छ ।
गँहु तस्करीमा त्यहाका स्थानिय बालबालिकाहरुलाई प्रयोग गरीएको नाम नबताउने शर्तमा एक स्थानियले बताएका हुन । मुडेरा , भुजहवाका ठुलाबडा मानिसले भारतबाट भन्सार छली गरी गँहु नेपालमा भित्राउने गर्छन । सशस्त्र प्रहरी बल भुजहवा र हरपुरको मिलोमतोमा वर्षौै देखि करोडौ रुपैयाको गँहु तस्करी हुदै आएको छ । भारतबाट भन्सारको छली गरी नेपाल भित्राइएको गँहु रातारात टयाक्टरमा लोड गरी परासीको बिभिन्न गल्ला भण्डारहरुमा पुरयाउने गरीएको हो ।
भारतबाट भन्सार छली नेपालमा भित्राइएको गँहुको बोरा परिर्वतन गरी परासीका किसानहरुबाट खरिद गरी वा आफ्नो गोदामबाट निकासी गरेको भनेर गँहुकोे एक नम्बरको बिल बनाएर नवलपरासीको गल्ला भण्डारहरुमा बिक्री गर्दै आएको एक स्थानियले बताएका छन । भारतबाट प्रति किलो २२ रुपैयाको दरमा गँहु खरिद गरी नवलपरासीको बिभिन्न गल्लाहरुमा प्रति किलो ४२ रूपैयाँको दरमा गँहु बिक्री हुदै आएको उनले भने ।
पटक पटक सशस्त्र प्रहरीले अबैध तस्करी गरी ल्याइएको गँहु गोदाममा छापा मारे पनि उनीहरुलाई बिना कारवाही नै छोडने गरेको त्यहाका स्थानियको गुनासो छ । हरपुुुुर र भुजहवामा खुला सिमानाका कारण एकातिर अबैध तस्करी मौलाएको छ भने ।
भारतबाट इलेक्ट्रोनिक सामाग्री,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई, भैंसी ,खसीबोका ,खाद्यान्न सामाग्री ,खुकुराहरु भित्राउने गरेको पाइन्छ । भने बालुवा समान् भारततर्फ जाने गरेको पाईन्छ ।
अहिलेको समयमा सशस्त्र प्रहरीको सिमा क्षेत्रका बिओपीहरू असुली गर्नमा नै व्यस्त छन । एसपी धिरेन्द्र राज नेउपाने नवलपरासी आएको केहि समय सम्मा तस्करीलाई ताह लगए तर हाल भने सिमा क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपाल हरपुरका प्रमुख नायब उपरीक्षक
Dsp सुमन लामिछानेलाई कमाण्ड दिएपछि तस्करहरूले खुल्याम तस्करी गरिरहेका छन ।
जिल्लाको सनई, महेशपुर, भुजुवा,पाँचपेडा,हरषपुरा ,बलिनगर दक्षिणी क्षेत्रमा अबैध कारोबारहरू बढेको छ । अहिले गहुँ र बालुवा अत्यधिक मात्रामा अबैध रुपमा तस्करी हुने गरेको हो ।
यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रसासनहरुले किन मौन भएर बस्नुको अर्थके होला । स्थानीय प्रहरी प्रशासन कै मिलोमातोमा यस्ता कार्य अबैध रुपमा भैइरहे छ।
तस्करले विशेष गरि रातको समयमा भारतीय तथा मधेसी मुलका अशिक्षित युवालाई आर्थिक प्रलोभन देखाए समानहरू नेपाल भित्राउने गरेको एक युवाले बताए ।
सानो तिनो घरायसी सामान किन्न जाने सर्वसाधारणहरुको २ हजारको सामानलाई रोकेर चेकजाँच गर्ने सशस्त्र प्रहरीहरुले करोडौंको तस्करी गर्ने तस्करहरुको सामानलाई हेरेर पनि नहेरेको जस्तो गर्ने गरेको पाइन्छ । ठुलठूला तस्करहरुको सामान भारतबाट नेपाल भित्र्याउन समय तोकिएको हुन्छ, त्यो बेलासम्म सशस्त्र प्रहरीमा खटेका प्रहरी सीमावर्ती क्षेत्रमा तथा राजमार्गमा भेटिदैन्, तर अन्य बेला तैनाथ खटेका हुन्छन् ।
यसको रहस्य के होला। दैनिक रूपमा तस्करी हुनु कारण मासिक कमिसन नै हो । सुत्रको अनुसार प्रत्यक तस्करी संग मासिक रुपमा कमिसन लिने गरेका पाईन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

