Rashtriya Dainik

लघुबित संस्था खारेजीको माग गर्दै गाईघाटमा बिशाल पर्दर्शन

महेश सिंह सिरहा लहान ३१ बैशाख – लघुबित विरुद्धको आन्दोलन उदयपुरको गाईघाटमा सम्पन्न भएको छ।लघुबित विरुद्धको अभियानका उदयपुर अध्यक्ष बिना मगरको अध्यक्षता गाईघाटमा अबस्थित दर्जनौं लघुबित बितिय संस्थामा तालाबन्दी गरेका छन्।

तालाबन्दीकै क्रममा जीवन बिकास लघुबित बितिय संस्थामा आन्दोलन कारीहरुले तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी र संस्थाको कर्मचारीबीच समान्य भनाभन हुँदा बिवाद उग्ररूप लिएका थिए।तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी मनोज थापा र कविता राई लाई जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटमा कार्यरत प्रहरी हवल्दार मोटो रकको सेटीङ्गमा हवल्दार हेमा थापाले झुक्याएर आन्दोलन कारीलाई भित्र लगेर हथकडीलगाएर नियन्त्रणमा लिई थुनामा राखेका थिए।

आन्दोलनकारीहरु सकृय हुँदा गाईघाटमा दर्जनौं लघुबित संस्थाहरु बिस्थापित भएका छन्।पक्राउ परेका थापा र राईलाई रिहाईको माग गर्दै बिशाल पर्दर्शन गरेका छन्।आन्दोलनमा उदयपुर,सिरहा,सप्तरी,धनुषा,महोत्तरी,सर्लाही बरा,पर्सा लगायतका लघुबित पीडितहरुले हजारौंको संख्यामा सहभागी भइ पर्दशन गरेका छन्।

संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष सशिला थापा,सप्तरी जिल्ला अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष अनिता चौधरी,मधेस प्रदेश सल्लाहकार मो.गुलजार मियाँ,सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मा,वरिष्ठ अभियान कर्ता धनिकलाल चौधरी वरिष्ठ अञ्जु चौधरी,उमेश साह लगायत हजारौंको उपस्थित पर्दशन गरेका छन्।

लघुबित लाई खारेज गर,नेपाल सरकार मुर्दा बाद, महिला मार्न पाईदैन,बचत गरेको ऋण फिर्ता गर लगायत ५ सुत्री माग राखदै आन्दोलन गरेका छन्।देश भरी नै आन्दोलन हुने गरेका छन। हाम्रो माग पुरा भएन भने देशै भरी विभिन्न चरणको आन्दोलन गर्न चेतावनी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित