Rashtriya Dainik

बर्दघाट २ मा चौधरी फाउण्डेसनको सहयोगमा सिलाई कटाई तालीम सम्पन्न

नवलपरासी , ३० बैशाख ।

चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ आमबासका आयोजीत ३ महिने सिलाई कटाई तालीमको आज एक समारोह विच समापन गरिएको छ ।
तालीममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै फाउण्डेसनकी केन्द्रिय सचिब सारीका चौधरीले तालीमलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । उहांले भन्नुभयो तालीम लिएर मात्र हुदैन तपाईहरु तालीमलाई जिविकोपर्जन संग जोडेर कार्यान्वनयमा ल्याउनु तपाईहरुलाई सदैव फाउण्डेसनले सहयोग गर्ने विस्वास व्यक्त गर्नुभयो ।
तालीममा बर्दघाट नगरपालिका वडा नं २ आमबास २६ जना महिला दिदी बहिनीहरुको सहभागीता रहेको थियो । तालीम समापन समारोहमा फाउण्डेसनका सचिव चौधरीले तालिम लिएपश्चात पेशा कार्यान्वयनमा ल्याउन प्रोत्सहान स्वरुप दुई थान सिलाई मेसीन समेत हस्तान्तरण गर्नुभयो ।


सो अवसरमा महिला संघ नवलपरासीकी सभापति कमला तिवारी , सहित तालीमका सहभागी भएकाहरुले चौधरीले फाउण्डेसनले समाजका महिला वर्गलाई आर्थिक रुपमा अघि बढाउन गरेको यस्तो विभिन्न सिपमुलक तालीमले टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो ।
तस्विरहरु संलग्न छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित