Rashtriya Dainik

नागरिकता विधेयकबारे कानुनविद्सँग परामर्श लिँदै राष्ट्रपति

काठमाडौं / २४ बैशाख

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकका सम्बन्धमा कानुनविद्हरूसँग छलफल गर्ने भएका छन् ।

उनले आज दिउँसो यसअघि नै दुवै सदनबाट पास भएर राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था अब के हुन्छ भनेर कानुनविद्हरूसँग परामर्श गर्ने भएका हुन् ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएपछि दाेस्राेपटक पनि दुवै सदनबाट जस्ताकाे त्यस्तै पास गरेर पठाइएकाे थियाे ।

तर त्यसपछि पनि भण्डारीले प्रमाणीकरण नगरेकाे उक्त विधेयकको हैसियत अब के हुने भन्नेमा कानुनविद्हरू पनि विभाजित छन् ।

यसमा शीतल निवासमै समेत फरक मत रहेकाे स्राेत बताउँछ । सरकारले पुरानै विधेयकलाई विधि पुर्‍याएर प्रमाणीकरण गर्न खाेजेकाे बताइएकाे छ ।

तर, अब नयाँ संसद आइसकेकाले नागरिकता सम्बन्धी नयाँ विधेयक उत्पत्ति हुनुपर्छ भन्ने सुझाव सचिवालयकै केही सदस्यहरूले राष्ट्रपति पाैडेललाई दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित