Rashtriya Dainik

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

पाल्पा /२३ बैशाख

पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको निस्दी गाउँपालिका ३, खाँदर बस्ने ५४ वर्षीया उमावती गाहाको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो।

शुक्रबार अपरान्हको साढे ४ बजेको समयमा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएकी गाहाको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित