Rashtriya Dainik

सिडियाेका १०० दिन उपलब्धिमुलक

उत्तमकुमार थापा / बझाङ , २३ बैशाख

बझाङ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफू जिल्लामा आएको सय दिन पूरा भएको भन्दै,आफ्नो अहिलेसम्मकाे भए गरेका कामको सार्वजनिक गरेका छन ।

शुक्रबार बुद्ध जयन्तीकाे परेकाे थियाे तर पनि नागरिककाे सेवाका लागि जिल्ला प्रशासन बझाङ खुल्ला गर्दै जिल्ला प्रशासन कार्यालय बझाङले सेवा ग्राहिलाई सेवा दिदै नागरिकता दिन सफल भयाे । बुद्ध जयन्तीकाे दिन पनि सेवामा समर्पित प्रमुख जिल्ला अधिकारी लगाएत प्रशासन टिमले सय दिनको गरेको कामकाे विवरण पत्रकार मार्फत सार्वजनिक गर्नुभएको थियाे ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले आफू जिल्लामा पुगेपछि साईपालमा पुगेर अपांग बृद्धहरुलाई घरमै नागरिकता दिनु भएको हाे । भने छविसमा पनि एक बृद्धअबश्थाका मानिसलाई घरमै पुगेर नागरिकता दिएकाे हुन । उनले जिल्लाकाे बिकासका लागि विभिन्न निकायलाई निर्देशन दिनु भएको छ भने जयपृथ्वी राजमार्गकाे तमैल नजिकै रहेको सडकको कामकाे लागि पनि सिफारिस गरिसकेको बताए ।

पत्रकार सम्मेलनमा सिडियाे पाण्डेले आफुले सुधार गर्नु पर्ने र आगामी दिनमा कसरी जानू पर्छ भन्ने शन्दर्भमा सुझाव सल्लाह दिन आग्रह गर्नु भयाे । पत्रकारका प्रश्न लाई उहाले सम्वाेधन गर्दै हातेमालो गरेर जिल्लाकाे विकासलाई तिव्रता दिन र पत्रकारले सबै राजनीतिक दलहरु लगाएत जिल्लामा चिन्ता ब्याक्त गर्नेहरुलाई सचेत गराउन अनुराेध गर्नु भयाे । बिकासमा हातेमालो गर्दै अगाडि बढ्ने र राजा जयपृथ्वी वहादुर सिँहकाे सालिक राख्न जिल्लाका ब्याक्तित्वहरुले पहल गर्दा आफू पछाडि नहट्ने बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित