Rashtriya Dainik

विनोद निता कण्डेल आधारभुत विद्यालयकाे भवन शिलान्यास

राष्ट्रिय दैनिक / नवलपरासी , २२ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा अवस्थित विनोद निता कण्डेल आधारभुत विद्यालयकाे भवन शिलान्यास गरिएको छ।

बुद्ध जयन्तीको दिन सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले एक कार्यक्रम बिच पुजापाठ गरि भवन शिलान्यास गर्नुभएको हाे।

भवनको शिलान्यास गर्दै अध्यक्ष चाैधरीले विद्यालयले भौतिक विकास संगसंगै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । पालिका अन्तर्गतका विद्यालयहरुकाे थप नयाँ रुपमा परिवर्तन गर्नु पर्ने बेला आएको भन्दै विद्यालय सुधारका लागि आफु जहिले पनि साथमा रहने प्रतिवध्दता जाहेर गर्नु भएको थियोे ।

२७ लाख ५० हजारकाे लागतमा निर्माण हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा तयार गरिने वडा नम्बर ५ वडा अध्यक्ष लक्ष्मण चाैधरीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित