राजन कुमार बानिया/पर्सा ९ साउन
पर्साको धोबीनी गाउँपालिकामा कृषकहरूलाई रासायनिक मल वितरणमा काखापाखा र भेदभाव गरिएको भन्दै कृषकहरूले गम्भीर आरोप लगाएका छन।
धोबीनी गाउँपालिका गाउँपालिकामा हरेक वडामा लयाइएको कृषकहरूलाई वितरण गर्नुपर्ने मल कालोबजारी गरेको आरोप लागेको छ। कृषकहरूका अनुसार ९२५ रुपैयाँ पर्ने युरियाको एक बोरा मल १ हजार ५०० रुपैयाँसम्ममा खुलेआम बिक्री गरिएको दाबी गरिएको छ।
कृषकहरूले पहुँच भएका व्यक्तिहरूलाई सहजै मल उपलब्ध गराइएको, तर पहुँच नभएका वास्तविक कृषकहरूलाई मल वितरण नगरिएको गुनासो गरेका छन।
यस्तै, पहिलो लटमा आएको मल वितरणका लागि कृषकहरूलाई टोकन दिइए पनि मल उपलब्ध नगराइएको र वास्तविक रूपमा मल नपाएका कृषकहरूको नामसमेत सूचीमा समावेश गरी सम्बन्धित निकायमा बुझाइएको गम्भीर आरोप लागेको छ।
कृषकहरूले मलको निर्धारित मूल्य र वितरणसम्बन्धी निर्णयको समेत दुरुपयोग गर्दै कालोबजारी गरिएको आरोप लगाएका छन। प्रमाणसहित गरिएको दाबीअनुसार १८ रुपैयाँ ५० पैसा प्रतिकिलो पर्ने मल २० रुपैयाँ प्रतिकिलोसम्ममा खुला रूपमा बिक्री गरिएको आरोप छ।
वितरणका लागि ल्याइएको मल गाउँसम्म नपुर्याई बाटोमै बिक्री गरिएको समेत कृषकहरूले आरोप लगाएका छन।
यस घटनामा जनप्रतिनिधि, स्थानीय प्रशासन तथा कृषि सामग्री कम्पनीका सम्बन्धित अधिकारीहरूको समेत मिलेमतो हुनसक्ने कृषकहरूले आशंका गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष र कडा छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन।
कृषकहरूले भनेका छन्, “मल वितरणमा भएको अनियमितता र कालोबजारीमाथि तत्काल छानबिन नगरे वास्तविक किसान थप मारमा पर्नेछन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

