राष्ट्रिय दैनिक / नवलपरासी ,२२ बैशाख
बैशाख शुक्ल पूर्णिमा तथा बुद्ध पूर्णिमा मानव जातिका लागि ज्यादै महत्वपूर्ण दिनको रुपमा मानिन्छ ।
यो पवित्र दिनलाई भगवान बुद्धको जन्म, परिनिर्वाण र बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण दिन र पर्वको रुपमा मानिदै आएको छ ।

यस पटक २५६७ जयन्ती तथा बुद्ध पुर्णिामा विश्वभरि विशेष कार्यक्रमको साथ मनाएको छ ।
यश अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ जावामा अवस्थित पुरातात्विक स्थल जावा क्षेत्र कोलवृक्ष बँगैचा (प्राचीन ककरपत्त नगर) मा दिप प्रज्वलन गरि बुद्ध जयन्ती मनाइएको छ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले दिप प्रज्वलन गर्दै यो क्षेत्रमा विश्वमै लोमोन्मुख बुद्धकालीन वनस्पति कोलवृक्ष बँगैचा रहेको बताउनु भएको हाे । भगवान् गौतम बुद्धले गृह सुख सन्देश दिएको प्राचीन ककरपत्त नगरको रुपमा यस क्षेत्रको संरक्षण गरी प्रबर्द्धन र विकासमा गाउँपालिका लागिपरेको पालिका अध्यक्ष चौधरीले बताउनुभयो ।

तत्कालिन कोलिय गणराज्य अन्तर्गतको यो ककरपत्त नगरमा गृहस्थलाई सन्देश दिएको हुँदा संसारकै गृहस्थले यो स्थानमा आएर भगवान् बुद्धको सन्देश सुन्न सक्ने र मुतिm पाउने स्थलको रुपमा विकास गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले कोलिय गणराज्य अन्तरगतको यो ककरपत्त नगर गृहस्थलाई सन्देश दिएको हुदा सँसारकै गृहस्थले यो स्थानमा आएर भगवान बुद्धको सन्देश सुन्न सकने र आफ्नो मुतिm साधन पाउने स्थलको रुपमा विकास गरिने बताउनुभयो । पुरातत्व विभागले समेत यस क्षेत्रलाई प्राचिन स्मारकको रुपमा संरक्षण गर्ने गरि राष्ट्रिय सम्पदामा सुचिकृत गरि सकेकोले यो स्थान भविष्यमा विश्व सम्पदामा जाने र विश्वकै ध्याना तान्न सक्ने धार्मिक पर्यटन क्षेत्रको सम्भावना बोकेको छ । बुद्ध दर्शनका अनुसार कोलिय पुत्र दिर्घजानुको नामले जावा गाउ रहन गएको थियो । उतm स्थानलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्ने उदेश्यले सरावल गाउपालिकाले विभिन्न कार्य गर्दै आएको बताउनुभएको थियोे ।
पुरातत्व विभागले समेत यस क्षेत्रलाई प्राचीन स्मारकको रुपमा संरक्षण गर्ने गरि राष्ट्रिय सम्पदामा सुचीकृत गरेको छ । विश्वकै ध्यान तान्न सक्ने सम्भाव्य धार्मिक पर्यटन क्षेत्रको रुपमा यो क्षेत्रलाई लिईएको छ । बुद्ध दर्शनका अनुसार कोलिय पुत्र दीर्घजानुको नामले जावा गाउँ रहन गएको थियो । उतm स्थानलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले सरावल गाउँपालिकाले यहाँ विभिन्न पूर्वाधारका कार्य गर्दै आएको छ ।

भगवान बुद्ध बेला बेला गाउँ घुम्दा यस स्थानमा धर्म देशना गर्ने क्रममा भगवान् चरिया गर्दै ककरपत्त आएको किम्वदन्ति छ । सोही बेला ककरपत्तका नगरप्रमुख कोलिय पुत्र दीर्घजानुले भगवान् समक्ष उपस्थित भई आफुहरु गृहत्याग गरि भिक्षु हुन नसक्ने बताउदै समान्य गृहस्तहरु कसरी मुतिmको मार्गमा जान सक्छन् भन्ने आग्रह गरेका थिए ।
भगवान बुद्धले दीर्घजानुको आग्रहलाई स्वीकार गर्दै गृहशुख सन्देश सुनाउनुभएको थियो । यो कुरा त्रिपिटकको अगुत्तर निकायको दीर्घजानु सुत्तमा उल्लेख छ । गृह सुख सन्देश दिँदा भगवान बुद्धले गृहस्थको ईहलौकिक अर्थात जीवित हुँदासम्म र पारलौकिक अर्थात मरणोपरान्त गरी दुई भागमा सन्देश सुनाउनुभएको थियो ।
गाउँपालिकाले अहिले गौरवकै आयोजनामा समावेश गरी ककरपत्त नगर क्षेत्रलाई संरक्षण, विकास, प्रवद्र्धनका लागि विभिन्न पूर्वाधारको विकास गर्दै आएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । ककरपत्त क्षेत्रमा हाल सभाहल, बालउद्धान, भगवान् बुद्धको मूर्ति, बुद्धको मूर्तिसँगै बुद्धले सन्देश दिँदै गरेको दीर्घजानुको मूर्ति समेत स्थापना गरिएको छ ।

ककरपत्त क्षेत्रमा नै कमलपोखरी रहेको छ । उक्त क्षेत्रलाई संरक्षण गरी सो क्षेत्रमा प्रतिक्षालय, चरा अवलोकन गर्ने स्थलको समेत संरचना निर्माण गरिएको छ । ककरपत्त क्षेत्रमा आन्तरिक पर्यटकहरु उल्लेख्य आउने गरेको स्थानीय कोलवृक्ष पर्यटन विकास संस्थाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

