उमेश बि.क / नवलपरासी , २२ बैशाख
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भगवान् गौतमबुद्धको अस्तुधातु रहेकाे स्थल रामग्राम स्तूपको सम्भावना असीमित रहेको बताएका छन् ।
२५६७ औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले चारवर्ष देखि थाँती रहेको रामग्राम स्तूपको गुरुयोजना अगाडी बढाउने बताउनुभएको छ ।

बुद्धजयन्ती समारोह एवं प्रथम धातु जात्रा तथा धातु पुजन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक एवं पुरातात्विक महत्वको स्थल पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ७ मा अवस्थित रामग्राम स्तूपको विकासमा सरकारले ध्यान दिन नसकेको स्वीकार गर्नुभयो

भगवान् गौतमबुद्धको अस्तुधातु रहेकाे स्थल रामग्राम स्तूपमै आएर प्रधानमन्त्री प्रचण्डले उक्त गुरुयोजना अघि बढाउने बताउनुभयो। “बुद्धको पवित्र अस्तुधातु रहेको रामग्राम स्तूप संसारका बौद्धधर्मावलम्बीहरुका लागि एकपटक पुग्नैपर्ने पवित्र स्थलको रुपमा रहेको छ, बुद्ध सर्किटको पनि महत्वपूर्ण अंग भएकोले चार वर्ष अघि लुम्बिनी विकास कोषमार्फत मन्त्रालयमा रामग्रामको गुरुयोजना पेश भएको बताउदै , यसको सम्बर्द्धन , संरक्षण तथा धार्मिक पर्यटनको विकासको दृष्टिकोणले र संसारभरिका बौद्धिस्टहरुलाई आकर्षित गर्ने खालको उक्त गुरुयोजना अगाडि बढाउने बताउनुभएको हाे।

बृहत्तर लुम्बिनी विकास समितिको अध्यक्ष हुँदा आफूले रामग्रामलाई पनि महत्त्वपूर्ण अंग बनाएर विकास गर्न पहल गरेको स्मरण गर्नुभएको थियो ।
बुद्धको उत्खनन् नगरिएको अस्तुधातु रहेको रामग्राम स्तूप विश्वकै दुर्लभ स्तूपाको भएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले यति धेरै ऐतिहासिक महत्व बोकेको स्थल भएपनि सरकारले यसको उचित विकास गर्न नसकेको स्वीकार गर्नुभएको थियोे ।

कार्यक्रममा रामग्राम नगरपालिकाका मेयर धनपत यादवले लुम्बिनी विकाष कोषले महत्व नदिंदा ऐतिहासिक र पुरातात्विक महत्व भएर पनि रामग्रामको विकास हुन नसकेको बताउनुभयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

