Rashtriya Dainik

लुम्बिनी विकासमा सरकार ठोस योजनाका साथ अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

रुपन्देही ,२२ बैशाख

२५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको विकासका लागि सरकारले अब ठोस योजनाका साथ अघि बढाउने बताउनुभयो ।

लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राममा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण र त्यस क्षेत्रको दिगो विकास गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको रुपमा अघि बढाउने उहाँले बताउनुभयो ।

बृहत्तर लुम्बिनी क्षेत्रको रूपमा लुम्बिनीलाई विकास गर्न आफूले विगतमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसँग छलफल गरेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशभित्र बृहत् लुम्बिनी सर्किटको सम्भावना भएर पनि अगाडि बढ्न नसकेको बताउनुभयो ।

रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई शान्ति क्षेत्र घोषणा गरी शान्ति क्षेत्रको रुपमा विश्वव्यापी रुपमा फैलाउन जरुरी भएको बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित