Rashtriya Dainik

प्रधानमन्त्री प्रचण्ड अाज परासी आउदै

राष्ट्रिय दैनिक / नवलपरासी , २२ बैशाख

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अाज पश्चिम नवलपरासी अाउने भएका छन ।

रामग्राम नगरपालिकाले २५६७ अाैँ वुद्ध जयन्तीको अवसरमा आयोजना गरेको वुद्ध जयन्ती विशेष समारोहमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड नवलपरासी आउन लाग्नु भएको हाे ।

अाज प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा आयोजना गरिएको वुद्ध जयन्ती विशेष समारोहमा सहभागि भएर रामग्राम ७ उजैनीमा रहेको रामग्राम स्तुपमा हुने कार्यक्रममा सहभागि हुन अाउने भएका छन ।

प्रधानमन्त्री संगै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती, राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी पनि रामग्राम स्तुप आउदै हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विनोद सिलवालले अाज प्रधानमन्त्री हेलिकप्टर मार्फत परासी आउने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

भोली नगरपालिकाले वुद्ध जयन्तीको अवसरमा कोलिय गणराज्यको राजधानी भनिएको रामग्राम १८ पण्डितपुरबाट धातु यात्रा सहित ध्यान प्रवचन र साझ दिप प्रज्वलनको कार्यक्रम हुने भएको छ ।

रामग्राम स्तुपको गुरुयोजना बनेर पनि कार्यान्वयन नभएको अवस्थामा आगामि आर्थिक वर्षको बजेट बाट गुुरुयोजना कार्यान्व्यनका लागी प्रधानमन्त्रीलाई ध्यानआर्कषण गराईने रामग्राम नगरपालिका मेयर धनपत यादवले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित