पर्सा, १३ पुष नेपाल र भारतको सीमा नाकाहरुबाट अवैध तरिकाले मालसमान आयात निर्यात गर्नको निम्ति तस्कर र प्रहरीको ड्यूटी टोली सीमा नाकामा खटिने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट अपराध अनुसन्धान शाखाको नामले खटिने गरेको प्रहरी टोलीले तस्कर समुह स“ग मोटो रकमको नजराना बुझे पश्चात तस्करीको लाइन समेत रेखदेख गर्ने गरेका हुन । जिल्ला प्रहरी कार्यालय पर्साबाट अपराध अनुसन्धानको नाममा खटिने प्रहरी नायब निरीक्षक कमल पंजियार, प्रहरी सहायक निरीक्षक मोहन आले, प्रहरी हवलदार खुसीलाल यादव र प्रहरी हवलदार पैगम्बर अन्सारी र संचार शाखामा कार्ररयत शिवशकर यादब लगायतको टोलीले आफ्नो काम कर्तब्य निर्वाह नगरी तस्करीको मालसमान आयात निर्यात गर्न मदत पुरयाउदै आएका छन । केही बिचौलीयाको सहयोगमा तस्करीको मालसमान आयात निर्यात गर्न÷गराउनको निम्ति मासिक लाखौ रुपैया बुझेको तस्कर श्रोतले जनाएका छन । पर्सा जिल्लाको अपराध अनुसन्धान शाखाको संचारमा कारर्यरत रहेको शिवशंकर यादबले माथिल्लो हाकिमहरु जिल्ला प्रहरी कार्यालय पर्सावाट निशकनै बितिके तस्करहरुको मोबाईलमा फोन गरि सुराक दिन गर्छन। श्रोतले जनाए अनुसार एक जना तस्करले आफु पत्रकारको आफ्न्त हो भन्दै सीमा नाकाबाट अवैध रुपले तस्करीको मालसमान निर्वाध रुपले चलाइरहेको बताए । उनका अनुसार सीमामा खटिएका सशस्त्र प्रहरीलाई पत्रकारको नाम बेच्दै धाक धम्की लगाउने र अपराध अनुसन्धान शाखाबाट खटिएका प्रहरीलाई लाखौ रुपैया मासिक नजराना बुझाएको बताए । शान्ति सुरक्षाको नाममा खटिने प्रहरी टोलीले तस्करीको मालसमान चलाउनको निम्ति मासिक लाखौ रुपैया असुल गर्दै आएका छन । सीमाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएपनि अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीहरुले तस्करीको लाइन हेर्नुको साथै स्कटीङ समेत गर्ने गरेको रहस्य स्थानीयले बताएका छन । रातिको समयमा बिभिन्न नाकाहरुमा पुगी लाइन हेर्दै फर्किदा तस्करीको मालसमान आयात निर्यात हुने गरेको स्थानीयले बताएका छन । पर्सा जिल्लाको बिभिन्न नाकाहरुमा घुमुवा टोली पुगी तस्कर समुह संग मासिक नजराना बुझे पश्चात स्थानीय प्रहरी चौकीहरुले समेत रकम बुझने गरेका छन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले आफ्नो क्षेत्रमा पर्ने सबै सीमा नाकाहरुबाट अवैध तरिकाको मालसमान बन्द रहेको बताएपनि उहाकै मातहातमा रहेका प्रहरीहरु मासिक लाखौ रुपैया नजराना बुझने गरेको एक भिडियो रेकर्डबाट प्रमाणित समेत गरेको छ । मुलुकमा शान्ति सुरक्षाको नाममा खटिने गरेको नेपाल प्रहरी संगठन भित्रै रहेका यस्ता भ्रष्ट प्रहरीले गर्दा प्रहरी संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ । संगठनले दिएको निर्देशनलाई धज्जि उडाउदै पावरको गलत प्रयोग गरी आफ्नो वर्दीलाई कमाई खाने भाडो बनाएका छन । तसर्थ ः यस्ता भ्रष्ट प्रहरी अधिकारीलाई समयमै लगाम नलगाए आउने दिनमा पर्सेली जनताले बोकेको प्रहरी माथिको उठदै गएको देखिन्छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।