Rashtriya Dainik

सुनवलकाे मिश्रौलीमा निशुल्क स्वास्थ शिविर सम्पन्न, १०३ जनाले पाए निशुल्क सेवा

उमेश बि.क / नवलपरासी , १८ बैशाख

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मिश्रौलीमा साेमबार निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।

वेद सिर्जनशील संस्थाको आयोजना तथा साथी फार्मेसीको प्राविधिक सहयोगमा संस्थाका अध्यक्ष यमन भण्डारीको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कमल चुवाईकाे प्रमुख अातिथ्यतामा शिविर सम्पन्न भएको हाे ।


शिविरमा सुनवल नगरपालिका कार्यपालिका सदस्य भगवती बश्याल , वडा सदस्य वीर बहादुर खवास, वेद सञ्जालकाे मानार्थ कला डुम्रे, सञ्जालकाे पुर्व अध्यक्ष राेशनि राना, सञ्जालकाे सक्रिय सदस्य सालिकराम पण्डेय लगाएतकाे उपस्थिति रहेको थियोे ।

शिविरमा साथी फार्मेसीकाे ल्याब टेक्निसियन संगम अधिकारी , शंखर पण्डेय ,केशव गैरे, सुस्मिता वगाले र बन्दना अालेले समुह परिक्षण, मधुमेह ( sugar) परिक्षण, रक्तचाप ( blood pressure ) परिक्षण र हेमोग्लोबिन परिक्षण गर्नुभएको थियो ।


उक्त शिविरमा १०३ जनाले निशुल्क सेवा लिनुभएको थियो ।

संस्थाका उपाध्यक्ष हुमा देवकोटाकाे स्वागत मन्तव्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन संस्थाका सचीव पुनम भण्डारी गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित