संसद विघटनका बिरुद्द नेपाली काङ्ग्रेसद्वारा नवलपरासीमा बिरोध प्रदर्शन

मुक्ती तिवारी / १३ पुस नवलपरासी

नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र अनुरुप काङ्ग्रेसले सोमबार १६५ ओटै निर्वाचन क्षेत्रमा बिरोध सभा गरेको छ।

यसै बिच नेपाली काङ्ग्रेस क्षेत्रीय कार्य समिती क्षेत्र नम्बर १ नवलपरासी ले आज संसद विघटन का बिरुद्द बिरोध प्रदर्शन गरेको छ।

प्रतापुरको गोपिगन्जबाट निस्केको र्याली बर्दघाट पुरानो चौकी पुगि कोण सभामा परिणत भएको थियो।कार्यक्रम क्षेत्र नम्बर१ का सभापति मुकुल कुमार आचार्यको सभापतित्व एवम संविधान सभा सदस्य देवकरण कलाकारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।प्लेकार्ड सहित र्यालीमा सहभागीहरुले ओलि सरकार मुर्दाबाद,लोकतन्त्र जिन्दावाद,ओलि सरकारको उपहार कुशासन र भ्रष्टाचार जस्ता नारा लगाएका थिए।

कोण सभालाई सम्बोधन गर्दै नेता कलवारले कम्युनिस्ट सरकार लोकतन्त्रको पक्षधर नरहेको बताए।असम्बैधानी तवरबार ओलिले प्रतिनिधि सभा भङ्ग गरेकाले सरकार आम जनताका पक्षमा नरहेको उनले बताए।जटिल परिस्थितिमा समेत भ्रष्टाचारमा लिप्त भएकाले सरकार असफल भएका हुनाले जनताका अधिकारका निम्ति काङ्ग्रेस निर्बिकल्प रहेको दावी गरे।

त्यसै गरि बिरोध सभालाई सम्बोधन गर्दै संविधान सभा सदस्य बिक्रम खनालले थुप्रै बैकल्पिक ब्यवस्थाहरु रहदा रहदै सर्वसत्ताबादी ओलिले बिनाअर्थ संसद विघटन गरेर लोकतन्त्र नै मास्न खोजेको बताए।लोकतान्त्रिक संसदिय ब्यवस्थाको सुनिस्चितता गरेर मात्रै काङ्ग्रेस चुनावमा जाने उनले बताए।दुई तिहाईको सरकारले गैर संबैधानिक कदम चालि जनअभिमतको समेत अपहेलना गरेको टिप्पणी गरे।उनले लोकतन्त्र र संविधान रक्षाका लागि सबै शक्तिहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली प्रतिनिधि सभा क्षेत्र नम्बर-१का सभापति मुकुल आचार्य नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ,महिला संघ अध्यक्ष कमला पराजुली,युवा नेता उमेश चन्द्र यादव लगायतले सरकार एकलौटी रुपमा अगाडी बढेको र जनादेश को अपमान गरेकाले संसद पुनःस्थापना नहुन्जेल चरणबद्ध रुपमा आन्दोलन जारी रहने बताए।

र्यालिमा नेबि संघ,तरुण दल लगायत नेपाली काङ्ग्रेसका सयौ कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot