Rashtriya Dainik

वीरगंजमा बिल बिजक भन्दा बढिको सामान बोकेको ट्रक पक्राउ

वीरगंज /१८ बैशाख
पर्सा प्रहरीले बिल बिजक भन्दा बढीको मालसामान बोकेको ट्रकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा वीरगजबाट रुपन्देही तर्फ जादै गरेको ना४ ख ८७४० नम्बरको मालबाहक ट्रकमा लोड रहेको औषधी तथा मालबस्तुहरुको बिल बिजक शंकास्षद देखिएको हुदा ६२ लाख ८ हजार ५ सय त्रियानब्बे रुपैयाँ बराबरको सामानहरु सहित ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो।
ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारीदिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित