बिनोद निगम / नवलपरासी ,१७ बैशाख
गहुँ भित्रिँदा नेपाली किसानले उत्पादन गरेको गहुँले उचित मूल्य पाएका छैनन् । जसको कारण निम्न वर्गका मानिस बढी मारमा छन् ।
पछिल्लो समय पश्चिम नवलपरासी तस्करीमा संलग्न समूहका लागि सहज बनेको छ । जिल्लाका सीमावर्ती क्षेत्रबाट दिउँसै मोटरसाइकलमा मात्रै नभएर पिकअप गाडीमा अवैधरुपमा ओसारपसार थामिएको छैन । आसपासका जिल्लामा कडाई भए पनि पश्चिम नवलपरासीका सिमाक्षेत्रबाट तस्करी मौलाइरहेको छ ।
जिल्लाका सीमा क्षेत्र बसहिया, भुजहवा, हर्कपुर,गेरमि, गणेशपुर,गोपलपुर,रमपुरवा, मुडेर सीमा नाका हरुबाट मटर,गहुँ, मोटरपार्ट्स,विद्युतीय सामग्री, कपडा,राँगा,बोका भन्सार छलेर नेपाल भित्रिने गरेको पाइएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार नाकासित जोडिएका ग्रामीण सडक हुँदै तस्करी हुने गरेको छ । कतिपय स्थानमा सुरक्षाकर्मीकै अगाडि सामान ओसारपसार हुने गरेको छ । खुलेयाम तस्करीप्रति सरोकारवाला मौन बसेको स्थानीयले बताएका छन् ।
जिल्लामा पछिल्लो समय संगठित रुपमा नै अवैध रुपमा चोरी पैठारी भएको जनगुनासो बढेको छ । सीमानाकामा हुने चोरी पैठारी रोक्न नसकेको र राजस्व संकलनमा कमी आएको छ।
सामान ओसारपसार र भन्सार छलीमा पोके व्यापारी (घर र पसलसम्म भन्सार छलीका सामान पुर्याउने)ले भारतबाट थोरैथोरै मात्रामा सामान नेपाल ल्याउने र भण्डारण गरेर जिल्लाका मुख्य बजारदेखि बर्दघाट,नारायणघाट सम्म पुर्याउने गरेको खुलेको छ ।
‘खुलेयाम तस्करी भइरहेको छ । मुख्यनाकामा मात्र सुरक्षाकर्मी बस्ने अनि भित्री सडकबाट सामान ओसारपसार गरेको देखेको नदेख्ने गर्ने परिपाटी बढ्यो,’ भुजहवाका एक स्थानीयले भने, ‘भन्सार छली गरेर धेरै मुनाफा कमाउने नाममा सानादेखि ठूला व्यवसायीले पनि भन्सार छलीका सामान लिने गरेका छन् ।’
लत्ताकपडा, विद्युतीय सामान, कस्मेटिक सामान र कवाडी, बैसी, खसी ,बोका,राँगा पनि तस्करी हुने गरेको छ । यसबाहेक खुला सिमानाका कारण भारतबाट धमाधम गहुँ, मटर, कपडा भित्रिने गर्छ । तरकारी भित्रिँदा नेपाली किसानले उत्पादन गरेको गहुँ, तरकारीले उचित मूल्य पाएका छैनन् । जसको कारण निम्न वर्गका मानिस बढी मारमा छन् । विभिन्न नाकाबाट मोटरसाइकल र साना सवारीमा रातारात गहुँ नेपाल भित्रिने गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

