Rashtriya Dainik

हिंसाबाट जोगाउन अपांगता भएको महिलालाई आत्मरक्षा तालीम

राष्ट्रिय दैनिक / नवलपरासी , १६ बैशाख

पश्चिम नवलपरासीमा अपांगता भएको महिलालाई आत्मरक्षा तालीम प्रदान गरिएको छ।

युनाइटेड मिसन टु नेपालकाे सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा सन्चालित अपांगता समावेशी विकास परियोजना मार्फत विभिन्न हिंसाबाट न्युनिकरण गर्न अपांगता किशोरी र महिलालाई आत्मरक्षा तालीम प्रदान गरिएको हाे।

पछिल्लो समय बलात्कार र यौनहिंसाका घटना बढ्न थालेपछि अपांगता महिला तथा किशोरीले कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालीममा सिकाइएको सुनवल सामुदायिक बिकास केन्द्रकाे अपांगता समावेशी बिकास परियोजना पुनरस्थापना संयाेजक राधा तिमिल्सिनाले जानकारी दिनुभएको हाे ।

प्रतापपुर गाउँपालिकाका २६ जना अपांगता मिहला तथा किशोरीलाई आत्मरक्षा तालीम दिएको अभियान्ता निरज न्याैपानेले जानकारी दिनुभयो ।

तालीममा अपांगता महिला तथा किशोरीहरुलाई गलत नियतले हात समाते, पछाडिबाट अङ्गालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गर्न खोजे हिंसाबाट जोगिन सातवटा आत्मसुरक्षाका उपाय सिकाइएको उहाँले बताउनुभयो ।

हिँडडुल गर्दा कसैले जबरर्जस्ती गर्न खोजे त्यसबाट बच्ने उपाय तालिममा सिकाइएको र यसबाट महिला र किशोरीहरुको आत्मबल बढने विश्वास लिएको तिमिल्सिनाले जानकारी दिनुभएको हाे।

तालीममा सहभागी महिला तथा किशोरीले तालीमपछि आफूहरुमा आत्मविश्वास बढेको र सुरक्षित भएको महसुस गरेको बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित