Rashtriya Dainik

पराल लोड गरेको ट्रकमा अागलगी

बिनोद निगम /नवलपरासी ,१६ बैशाख

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १३, मा
गएराति ८ बजे पाडाटिकर स्थित ना २ ख ९७४२ नं. को पराल लोड गरेको ट्रकमा बिजुलीको तारमा टच भई अचानक आगलागी भएको छ ।

सो आगोलागीबाट रु.२० हजार बराबरको पराल र ३ लाख ३० हजार बराबरको ट्रकको पछाडीको भागमा क्षती भई करिब ३ लाख ५० हजार बराबरको धनमालको क्षती भएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले बताउनु भएको छ ।

आगलागीको घटना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट तत्काल प्रहरी सहायक निरीक्षक बशिष्ठ यादवको कमाण्डमा ५ जनाको टोली सो स्थान पुगेको थियो ।

डिएसपी पाण्डेका अनुसार स्थानिय, प्रहरी र दमकलको सहयोगमा राति १० बजेर ५ मिनेटमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालयबाट अन्दाजी ४ कि.मि. पुर्व-उत्तर दुरीमा रहेको छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित