अारपि उपाध्याय /नवलपरासी ,१६ बैशाख
पश्चिम नवलपरासी सुस्ता गाउपालिका अन्तर्गत गण्डक नहर किनारमा भारत बिहार सिचाई बिभागद्धारा गरिदै आएको नहर र नाला सफाई कार्य, स्टीमेट बिपरित भएको भनी सरोकार निकायले आपत्ति जनाएका छन् ।
पुर्वी नवलपरासी त्रिवेणी स्थित गण्डक बाधबाट निकालिएको गण्डक मुख्य पश्चिमी नहरको सुस्ता गाउपालिका २ को महलबारी पश्चिम बाट निकालिएको सामानान्तर नाला सफाई कार्यमा भारतिय ठेकेदार कम्पनिले व्यापक अनियमितता गरेको गण्डक नदि संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले जानकारी दिनुभएको छ ।
पहाडी खोलाको पानी निकास र खेतीयोग्य भुमिमा हुने जल जमावको समस्या समाधान गर्न र मुख्य पश्चिमी नहरमा हुन सक्ने क्षती न्युनिकरण गर्न बनाईएको समानान्तर नाला सफाई कार्यमा भारतिय ठेकेदार पक्षले माटो सफाई गर्ने कार्य अनियमितता को गुनासो पछि गण्डक नहर सघर्ष समितिले अनुगमन गरेको थियो । नालाको माटो नालाकै डिलमा थुपार्ने र स्टीमेट बिपरित नालाको डिल र गहिराइ ताछ्ने कार्य बढेपछी संघर्ष समितिको पदाधिकारी सहितको टोलिले निरीक्षण गरेको जानकारीमा आएको छ ।
भारतिय ब्यबस्थापनमा रहेको गण्डक मुख्य पश्चिमी नहर डिभिजन कार्यालय वाल्मीकि नगरका प्राबिधिकहरु ठेकेदार कम्पनी सङ्ग कमिशनको खेलमा अल्झिएको समितिका अध्यक्ष गुप्ताले आरोप लगाउनु भयो । गण्डक योजना अन्तर्गत नेपाल भुमिमा भारतिय सिचाई बिभागद्वारा गरिने निर्माण र मर्मत कार्यमा गण्डक योजनामा नेपाल सरकारका प्रतिनिधि लाईजन अधिकृतको भुमिका पनि ठेकेदार कम्पनीकै अनुकुल रहेको अनुगमन समितीले बताएको छ ।गण्डक योजना अन्तर्गत नेपाली भुमिमा भारतिय सिचाइ बिभाग द्वारा गरिने निर्माण कार्य स्टिमेट अनुसार नभए फेरि पनि थप दबाब मुलक कार्य गरिने संघर्ष समितिले जानकारी दिएको छ ।

गण्डक नहर आसपासका नाला लगायत अन्य संरचना स्टिमेट अनुसार नभए नेपाल भारतकै उच्चतहको निगरानी कार्यालयमा पत्रचार गरिने पनि संघर्ष समितिले निष्कर्ष निकालेको छ । स्मरणिय छ २०६५ सालमा भारतिय गण्डक प्रसाशनले गण्डक क्षेत्रमा गरेको अनियमितता विरुद्ध गण्डक पीडितहरुले ३१ दिन सम्म गण्डक नहरको पानी रोकेर कठोर आन्दोलन पनि गरिसकेका छ्न।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

