ज्ञानेश्वर सहानी /नवलपरासी ,१४ बैशाख
नवलपरासीको रामग्राम नगरपालिकामा पर्ने तुरिया खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन भएको छ ।
खोलामा नदीजन्य वस्तुको अनाधिृकत दोहन गरेर खोलाको किनारमा गहिरा खाल्डा बनाइएका छन् । तोकिएको मापदण्ड मिचेर अनाधिकृत दोहन बढिरहेको हो । ठेक्का सम्झौता गरेको भन्दा नदिको सिमना भन्दा बहिरा खोलाको ढिस्को माथिबाट पनि उत्खनन भइरहेको हो ।
रामग्राम नगरपालिकाको वडा न. १४,१५ मा पर्ने तुरिया खोलाको नदीजन्य पदार्थ संकलनका लागि रामग्राम नगरपालिकाले २१ लख १५ हजार १ सय ४० मा भ्याट बाहेक ठेक्का दिएको थियो । निश्चित क्षेत्र तोकेर सम्झौता गरिए पनि तुरिया खोलामा जथाभावी रुपमा उत्खनन् गरिएको छ ।
रामग्राम नगरपालिका वडा न. १४ का वडा अध्यक्ष ओम प्रकाश यादवले ठेक्का लागेको ठाउँभन्दा बाहिरबाट उत्खनन भएको स्वीकार गरे । ‘मापदण्डभन्दा बाहिर गएर उत्खनन भएको छ, उत्खनन गर्नुपर्ने नीति पनि पालना भएको छैन्, ठेक्का लागेको भन्दा अर्को ठाउँबाट पनि उत्खनन् भएको छ’ वडाध्यक्ष यादवले भने।
एस एस कन्ट्रक्सनले चैत्र ८ गते ५१,४,६३२.६० घनफिट २१ लाख १५ हजार १ सय ४० मा ठेक्काको जिम्मा लिएको हो । तर ठेक्का लिएको कम्पनीले अनाधिकृत रूपमा जथाभावी उत्खनन गरिरहेको छ । ठेक्का सम्झौता गरेको स्थानभन्दा झन्डै ५/७ मिटर ढिस्कोदेखि नै उत्खनन भएको रामग्राम नगरपालिकाले जनाएको छ ।
ठेक्का लिएको कम्पनीले अनाधिकृत रूपमा जथाभावी उत्खनन भएको भन्दै चैत्र २७ गते मपदण्ड अनुसार उत्खन्न गर्न ठेक्कदार पक्षलाई पत्र समेत कटेको थियो । तर पनि ठेक्क पाएको कम्पनिले जथाभावी उत्खनन गरेको छ ।
ठेक्कदार कम्पनिले जथाभावी उत्खनन गरेकोले स्थानियहरु बिरोध समेत गरेका छान । तर पनि ठेक्कदार कम्पनिले अटेरी गरिएको पाईएको छ । नदिको किनारमा रहेको जनता माध्यमिक बिद्यालय डैनहवाका जग्गामा पर्ने भस्काट ,रुख काटेर लागेको पाइएको छ ।
अनाधिकृत रूपमा जथाभावी उत्खननले जग्गामा रहेका रुखहरु बर्षातको समयमा नाश हुने देखिएको छ । समयमा रामग्राम नगरपालिकाले अनुगमन नगरेकोले यो समस्य भएको जनता माध्यमिक बिद्यालय डैनहवाका प्रधानध्यापक जय प्रकाश यादवले बताउनु भयो । स्थानीय बासिन्दाले भने प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थको उत्खनन हुने गरेको आरोप लगाएका छन् ।

तुरिया खोलामा जथाभावी उत्खनन हुँदा पनि प्रशासन र स्थानीय तह मौन रहेको स्थानीयको आरोप छ । तुरिया खोलामा जथाभावी रूपमा उत्खनन भएको पाइएपछि तत्काल नगर प्रमुख ,उप प्रमुख तथा प्रबिधिक टोलि सहित अनुगमन गरिनुको साथै जथाभावी उत्खननमा रोक लगाइएको रामग्राम नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मान बहादुर खड्कले बताउनुभएको छ । ‘ठेक्कादारले अबको दिनमा मपदण्ड बिपरित उत्खन्न गरेमा कर्बाही गर्ने, नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

