Rashtriya Dainik

अध्यक्ष मियाद्वारा नारायणी सिचाई १० वर्षमा नगरेको काम सुरु

राजन कुमार बानिया , पर्सा १४ बैशाख

नारायणी सिचाई १० वर्षमा नगरेको काम पर्साको धोबिनी गाउँपालिका वडा नं.४ लंगडीका वडा अध्यक्ष अबास मियाँले गर्ेर देखाएका छन। धोबिनी गा.पामा रहेको नहर र ट्रसरुहरुलाई खेतीको लागि नहर सफाई गराउने काम गरेका छन ।

हरिहरपुर देखि लंगडी सम्म पूग्ने पानी सहायक नहर सिल्टी पूरिएर जाम भएको कारण खेती योग्य जग्गाहरुमा पानी ल्याउन सकिएको थिएन ।

यसको स्थलगत निरक्षण वडा अध्यक्ष मियाँ को विशेष सक्रियतामा एक्साभेटर लगाएर सफा गराइएको छ । सफा गराएपछि लंगडीमा सजिलै खेतीको लागि पानी उपलब्ध हुनेछ । धान खेती गर्ने समय भए पनि पानिको अभावमा सबै धानविउहरु नष्ट हून लागेको थियो ।

समयमै वडा अध्यक्षको सक्रियाताले राहत पाएको लंगडिका किसान सगिर मियाँ ले खूशी व्यक्त गर्नू भयो ।नारायणी सिचाईले करोडौं रकम प्रतेक वर्ष अान्वस्य खर्च गरेपनी गाउँ घर का ठुला ,साना नहर र ट्रसरीहरु सिल्टी पुरिएको ले नारायणी सिचाईको कुनै ध्यान नरहेकोले किसानहरुलाई समस्या देखिएकोले सोको मध्यनजर गरि वडा नं ४ का वडाध्यक्ष मियाँ ले किसान को समस्य बुझि अाफ्नो पहलमा साना नहर र ट्रसरीहरु सफाइ अभियान गरिएकोले किसान हरु लाई धानबाली मा सहयोग पुगने लंगडी का किसान लालबाबु पटेलले खुशि ब्यक्त गरे ।

किसानहरुको समस्या लाई मध्यनजर गरि अाउने अार्थिक वर्षमा गाउँपालिका र वडा स्तरबाट नहर सफाई गरि खेतहरुमा पानी तथा समयमा बिउबिजन उपलभद गराउने वडाध्यक्ष मियाँ लेबताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित