Rashtriya Dainik

नवलपरासीको बर्दघाटबाट ९ लखा भन्दा बढीको अवैध लत्ताकपडा बरामद

बिनोद निगम / नवलपरासी , १३ बैशाख

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २, बाट प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी सहायक निरीक्षक सुमान सिंह थापाको कमाण्डमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा लत्ताकपडा बरामद गरेको हो ।

प्रहरीले थान कपडा ३३ मिटर, थानको कपडा ९६ मिटर, कुर्ता सुरवाल १२० पिस, साडी ४९ पिस, कलर टिसर्ट ४४० पिस, सादा टिसर्ट ८२४ पिस र लेडिज टप्स ६६ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् डीएसपी भोजराज पाण्डेले जानकारी दिए । उनका अनुसार बरामद गरिएको लत्ताकपडाको अन्दाजी मूल्य ९ लाख ४६ हजार ९४० रुपियाँ रहेको छ ।


अहिले उक्त कपडा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको र अवैध कपडा ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य आवश्यक अनुसन्धान भइरहेको डीएसपी पाण्डेले जानकारी दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित