Rashtriya Dainik

नवलपरासीमा सडक विस्तारको क्रममा अत्यधिक धुलो, स्थानीयलाई सास्ती

नवलपरासी ,१३ बैशाख

पश्चिम नवलपरासीमा सडक निर्माणको क्रममा धुलोको मात्रा अत्यधिक हुँदा प्रदूषण बढेको छ ।

प्रतापपुर गाउँपालिका वडा नं.६ भन्सार चोकदेखि सुस्ता गाउँपालिका वडा नं ३ रेवारेता जोड्ने निर्माणाधीन सडकमा पानी नहाल्दा धुलोले स्थानीयको स्वास्थ्यमा असर समेत परिरहेको छ ।

त्यस्तै सरावल गाउँपालिका वडा नम्बर १ सरावल गाउँपालिकादेखि भिमटाडिसम्म बाटाे धुलाम्य भएको छ। साथै महेन्द्र राजमार्ग पुर्वदेखि पश्चिमसम्म बाटाे धुलाम्य भएको छ।

धुलोले विद्यार्थी, यात्रु र सडक वरिपरि बसोबास गर्ने बस्तीका मानिसहरुको जनजीवन प्रभावित भएको छ । निर्माणाधीन सडकमा उड्ने धुलो स्थानीयको आाँगन, भान्छादेखि ओछ्यानसम्म पुग्ने गरेको सुनवल १२ हरकट्टाकि सबिता चाैधरीले जानकारी दिनुभएको छ।

धुलोकै कारण स्थानीयमा घाँटी दुख्ने, रुघाखोकी र सास फेर्न गाह्रो हुने समस्या बढेको छ । अत्यधिक धुलोका कारण सडक दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

प्रतापपुर गाउँपालिका वडा नं.६ भन्सार चोकदेखि सुस्ता गाउँपालिका वडा नं ३ रेवारेता जोड्ने निर्माणाधीन सडक निर्माणको लागि ३ वर्षको अवधिमा १० किलोमिटरको सडक फराकिलो गर्न सुलभ कन्सट्रक्सन कम्पनीले ठेक्का सम्झौता गरेपनि भिमेश्वर डिलिङ्ग तथा निर्माण सेवाले निर्माणको जिम्मा लिएको ठेकेदार सतिश हरिजनले बताए ।

ठेकेदार हरिजनलाई धुलो कम गर्न पानी किन हाल्नु हुन्न ? भन्ने मध्यान्हको पश्नमा उनले पानी ट्यांकर बिग्रिएका कारण पानी नहालिएको बताए । जिल्लाको दुई स्थानीय तह जोड्ने सडक भएपनि धुलोका कारण स्वास्थ्यमा परेको असरतर्फ कसैको ध्यान पुग्न सकेको छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित