Rashtriya Dainik

नवलपरासीमा भन्सार छली ल्याइएको २१ टन चिनीसहित एक जना पक्राउ

बिनाेद निगम, नवलपरासी , १३ बैशाख

पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याउँदै गरेको २१ टन चिनीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छली गरी ना ६ ख २९०३ नम्बरको ट्रकमा ल्याउँदै गर्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटमा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताउनुभयो ।

कारोबारमा संलग्न सिराहा धनगढीमाई-१० बस्ने वीरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

४२० बोरा (करिब २१ हजार केजी) चिनी बरामद गरिएको र आवश्यक अनुसन्धानका लागि राजस्व कार्यलय बुटवल पठाइएको डीएसपी पाण्डेले बताउनुभएको हाे । बरामद भएको चिनीको बजार मूल्य करिब १६ लाख रुपैयाँ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित