Rashtriya Dainik

साउदी अरेबियाले सुडानबाट आफ्ना नागरिक र विदेशीलाई गर्यो उद्धार उद्धार

शहबाज खान, कपिलवस्तु ।
साउदी अरेबियालले आफ्ना अलपत्र नागरिकलाई उद्धार गरेको छ । सुडानमा दुई प्रतिद्वन्द्वी सेनाहरू बीचको तीव्र लडाइँ भएको एक हप्तापछि साउदी अरेबियाले सुडानबाट आफ्ना अलपत्र नागरिकहरूलाई उद्धार गरेको हो । साउदी अरेबियाले सुडानबाट आफ्नो नागरिक उद्धार गर्ने पहिलो देश बनेको छ ।

साउदी परराष्ट्र मन्त्रालयले साउदी नागरिकसँगै “मित्र राष्ट्रका धेरै नागरिकहरू“ लाई उद्धार गरिएको बताइएको छ । रोयल साउदी नौसेना बल (च्क्ल्ँ)ले शनिबार सुडानबाट नागरिक, अन्य देशहरुका नागरिक, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय अधिकारीहरूलाई उद्धार अपरेशन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ः “कुवेत, कतार, युएई, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बुल्गेरिया, फिलिपिन्स, क्यानडा, बंगलादेश र बुर्किना फासोका ६६ जनालाई उद्धार गरिएको छ । “ सुडानबाट उद्धार गरिएको साउदी नागरिकको संख्या ९१ जना रहेको छ ।

मन्त्रालयका अनुसार साउदी नेतृत्वको निर्देशनको कार्यान्वयनमा जेद्दाहमा सबै साउदी नागरिक र अन्य देशका नागरिकहरु सकुशल आइ पुगेका छन् । साथै साउदी अरेबियाले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्ने तयारीका लागि सबै आवश्यकता उपलब्ध गराइएकोे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित