Rashtriya Dainik

सडकको धुलोले स्वास्थ्य र घरमा असर गरेको भन्दै ६ घण्टा सडक बन्द

बिनोद निगम /नवलपरासी , १० बैशाख

उपकाएको टु लेन सडक समयमै निर्माण नभई सडक अस्तव्यस्त हुँदा समस्या भोगेको भन्दै पाल्हिनन्दनका बासिन्दाले करिब ६ घण्टासम्म सडक बन्द गरे। आईतबार बिहान करिब साढे ७ बजेदेखि स्थानीयहरूले महेशपुर-परासी सडक खण्डअन्तर्गत हरपूरचोक बन्द गरेका छन ।

महिनौ उपाकाएको सडक निर्माण नहुँदा आफूहरूले धेरै समस्या भोगेको भन्दै बाध्य भएर सडक बन्द गर्नुपरेको स्थानीयहरुकाे भनाइ छ।

पाल्हिनन्दन-२ हरपूरका मुकेश गुप्ताले सडकका कारण आफूहरूले धेरै समस्या भोगेको बताएका छन् । सडक अस्तव्यस्त हुँदा गाडीले धेरै धुलो उडाएर आफूहरू बस्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ थियो। गुप्ता अनुसार एक महिना हुन लाग्यो‚ हामीले यसरी नै सडकका कारण धुलो र हिलो खाँदै आएका छौँ।

अहिले घरमा बस्न सकिने अवस्था छैन। सडकमा धुलो मात्र छ। त्यही धुलो गाडीले उडाएर हाम्रो घरभित्र पस्छ। धुलोका कारण हाम्रो स्वास्थ्यमा असर परेको छ। यसको समाधानका लागि वडा कार्यालय पाल्हिनन्दन गाउँपालिका र वाड अध्यक्षलाई पटक पटक जानकारी गरायौँ। हाम्रो कुराको सुनुवाइ भएन। बाध्य भएर सडक बन्द गर्न पुगेका हौँ। सडक बन्द गर्नु हाम्रो रहर नभई बाध्यता हो।’

गाउँपालिकालाई सडक बनाउने अधिकार त छैन तर सडकमा उडेको धुलो नियन्त्रण गर्न पानी हाल्न त सक्छ। गाउँपालिकाले त्यो पनि गरेन। के हामी गाँउपालिका बासिन्दा होइनौँ? हामीले जनप्रतिनिधिलाई जिताएर यस्तो दुःख पाउन पठाएका हौँ? भन्दै प्रश्न गरिन्।

सडकको धुलोका कारण घरबाहिर ५ मिनेट पनि बस्ने नमिल्ने अवस्था रहेको पनि उनको भनाइ थियो। उनका अनुसार घरभित्र धुलो आउँदा स्वास्थ्यमा समस्या हुन थालेको छ।

महिनौ देखि आफूहरूले सडकको धुलो खाँदै आएको भन्दै यसको समाधानका लागि बाध्य भएर दोस्रोपटक सडक बन्द गर्नुपरेको बताए

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित