सुरेश यादव / नवलपरासी , १० बैशाख
पश्चिम नवलपरासीको महेशपुर -परासी सडकखण्डकाे बाटाे निर्माण नहुँदा हरपुर देखि कुस्मा सम्म स्थानीयलाई सास्ती खेप्नुपरेको छ । उक्त सडकखण्ड १.५ कि.मी बन्दै गरेको सडक खण्डमा ठेक्कादारले सडकमा पानी नहाल्दा सडकको छेउमा रहेको स्थानीय हैरान भएका छ्न् ।
धुलोले सडक दिउँसै देखिन्न भने सडक किनारका घरमासमेत बस्नै नसक्ने स्थानीय मुकेश गुप्ताले बताउनुभयाे । धुलोले पाकेको खान खान नसकिने भएको छ । घरबाट बाहिर निस्कदा धुलोले केही देखिन्न गाडी आउँदा खतराको उच्च जोखिम देखिएको छ । घरको झ्याल ढोका खोल्नै हुन्न घरमा र पसलहरुमा धुलैधुलाे हुनेगरेकाे छ ।

स्थानीय जनताले निर्माणधीन सडकको धुलोका कारणले वडाअध्यक्षसंग हारगुहार गरें पनि पल्हिनन्दन गाउँपालिका-२ का वडाअध्यक्ष जगदीश प्रसाद गुप्ताले वडा नम्बर २ मा काम शुरु गर्दा वडाका जनप्रतिनिधिहरुसंग सम्पर्क नगरी मनोमान ढंगले ठेकेदार पक्षले काम शुरु गरेको बताउनुभयाे । स्थानीयको जनगुनासो पश्चात् वडाअध्यक्षले ठेकेदारलाई सम्पर्क गर्दा सम्पर्कमा नआएको बताउनुभयाे ।

सडक आयोजनाका इन्जिनियरलाई पत्रकारले सम्पर्कमा लिन खोजदा आउन चाहेनन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

