Rashtriya Dainik

मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर दिँदा ३ जना घाइते

बिनोद निगम /नवलपरासी , १० बैशाख

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १० नदवामा माेटरसाईकल र स्कुटर एक आपसमा ठाेक्किदा २ व्यक्ति सहित एक बालक घाइते भएका छन् ।

अन्दाजी साँझ ७ :३० बजे साे ठाउँ स्थित हुलाकी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको लु ६१ प ३३६० नम्बर को मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको बा ७१ प ७४१९ नम्बर को स्कुटर एक आपसमा ठाेक्किदा साे दुर्घटनामा भएकाे हाे ।

दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला रुपन्देही सिद्दार्थ नगरपालिका बस्ने बर्ष अं. ३८ को राजेन्द्र क्षेत्रीको खुट्टा फ्याक्चर भएको, अवस्था मध्यम,स्कुटर चालक काठमाण्डौ म.न.पा. ३० बस्ने बर्ष अन्दाजी २९ को डा.सन्दिप सापकोटा, दुबै खुट्टामा चोट, अवस्था मध्यम र जिल्ला नवलपरासी रामग्राम १० नदवा बस्ने संजय कुमार जयसवालको छोरा बर्ष अन्दाजी ६ को शिबाय जयसवाल शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

उहाँका अनुसार बाटोमा खेलिरहेको बालक लाई समेत ठक्कर दिएकाे हाे । घाइतेको जिल्ला अस्पताल परासीमा सामान्य उपचार पश्चात थप उपचारको लागी सिद्दार्थ सिटी अस्पताल भैरहवा रुपन्देही पठाईएको छ।

घटनाका विषयमा थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक चाम बहादुर ओलीको कमाण्डमा ट्राफिक सहित ५ जनाको टोली घटनास्थल पुगेकाे समेत डिएसपी पाण्डेले जानकारी दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित