Rashtriya Dainik

दुई दिने ब्यवसायिक अचार बनाउने सिपमुल्क तालिम सम्पन्न

राजन कुमार बानिया /पर्सा १० बैशाख

स्वरोजगार लघुबित बितिय संस्था लिमिटेड शाखा कार्यालय पोखरियाको अायोजनामा दुई दिने ब्यवसायिक अचार बनाउने सिपमुल्क तालिम अाज पर्साको कालिकामाई गाउँपालिकाको वडा नं २ भेडिहारीमा रहेको धर्मशालामा सम्पन्न भएको छ।

बितिय संस्थाका महिला सदस्यहरुलाई ब्यवसायिक र सिपमुलक तालिम दिएर रोजगारी दिने र अात्मनिर्भर बनाउने उदेश्यले यो दुई दिने अचार बनाउने तालिम दिएको प्रमुख अतिथी रहनुभको वडाध्यक्ष सोनालाल चौरसियाले बताए ।

अाउने दिनमा वडा स्तरिय योजना पनि सिममुल्क तालिम राखेर अाफ्ना वडाका महिला हरुलाई तालिम दिलाएर अात्मनिर्भर बनाउनमा जोड दिनु भएको हो। तालिम समापन कार्यक्रम सन्धा देबी रौनियारको अध्यक्षमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख श्रीराम रोका,शाखा प्रबन्धक सुभाखर अधिकारी ,प्रशिक्षक दुर्गा थापा कार्की , लगायतले तालिमको उदेश्य बारे जानकारी दिनु भएको थियोे ।

अचार बनाउने तालिममा ८० जना महिला हरुको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित