Rashtriya Dainik

अवैध बोइलर कुखुरा बरामद

अारपि उपाध्याय / नवलपरासी ,९ बैशाख

विनयी त्रिवेणी र सुस्ता गाउँपालिकाको सिमानाबाट सशस्त्र प्रहरी बल त्रिवेणी वि.ओ.पी. र त्रिवेणी भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले अवैध बोइलर कुखुरा बरामद गरेको छ।

बि.ग्याप बाधको दक्षिणी ईलाकाबाट ल्याइएको ३६ गोटा बोइलर कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी बल त्रिवेणी वि.ओ.पी. का सशस्त्र प्रहरी निरीक्षक पदम पाण्डेले जानकारी दिनुभएको छ।

सशस्त्र प्रहरी बल र त्रिवेणी भन्सारको जनशक्तिले शनिबार बिहान बरामद गरेको कुखुरालाइ प्रहरी,भन्सार र सन्चार कर्मीको संयुक्त रोहबरमा नष्ट पारिएको थियो।

विनयी त्रिवेणी र सुस्ता गाउँपालिकाको ईलाकाबाट अवैध बोइलर कुखुरा ल्याउदै गरेको गोप्य सुचनाको आधारमा गएको संयुक्त टोलीलाई देख्नासाथ अवैध कर्मीले बोइलर कुखुरा फाली भागेको बताइएको छ।

सुस्ता गाउँपालिकाको दक्षिणी सिमा नाकामा सुरक्षाको विभिन्न युनिट भएपनी त्रिवेणी र सुस्ताको सिमावर्ति ईलाकामा त्रिवेणी स्थित सशस्त्र प्रहरी र भन्सार कार्यालयले अवैध सामाग्रीलाई नियन्त्रणमा लिनुलाइ सिमा नाकामा रहेका अन्य प्रहरी युनिटलाई थप चुनौती बढेको पनि सिमा क्षेत्रमा चर्चाको विषय बनेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित